Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

राजनीतिक नेतृत्वलाई तरंगित बनाएको डेडिकेटेड र ट्रंकलाईन विद्युत महशुल बक्यौता असुली नयाँ चरणमा प्रवेश

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । उर्जामन्त्री कुलमान घिसिङले राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित बनाएको बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । घिसिङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै विगतमा आम सर्वसाधारण लोडसेडिङको अँध्यारोले आक्रान्त भइरहेका बेला डेडिकेटेड तथा ट्रङ्क लाइन संरचनामार्फत विद्युत उपभोग गर्ने उद्योगहरूलाई तोकिएको प्रिमियम महसुलको बक्यौता रकममध्ये पहिलो किस्ता अधिकांश उद्योगहरूबाट भुक्तानी भएको उल्लेख गर्दै यससँगै राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित बनाएको बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको बताएका हुन् ।

नेपाल विद्युत प्राधिकरणबाट कानुनसम्मत रूपमा पटक–पटक चालिएका कदममा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण असुलीमा अवरोध सिर्जना हुँदा यो विषय राष्ट्रिय सरोकारको मुद्दा बनेको घिसिङले बताएका छन् । उनले भनेका छन्, ’अवस्था यस्तोसम्ममा पुगेको थियो कि राज्यले उठाउनुपर्ने महशुल बक्यौतालाई जिम्मेवार पदमा रहेका केही व्यक्तिबाट निस्तेज पार्ने सुनियोजित प्रयासहरू भएका थिए । तर सबैको निरन्तर चासो, निगरानी र खबरदारी कारण अब बक्यौता असुली ठोस परिणामतर्फ अग्रसर भएको छ ।’

मन्त्री घिसिङले हालको विषम परिस्थितिमा देशप्रतिको आफ्नो दायित्वबोधकासाथ बक्यौता रकमको किस्ता तिर्न सुरु गरेका सम्पूर्ण उद्योगीहरूलाई धन्यवाद दिदै बक्यौता असुलीमा आवश्यक सहयोग, समन्वय र सहजीकरण प्रदान गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

Health Tips Ad Road Block