Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको १८ किलोमिटर कालोपत्रे सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

तनहुँ । पोखरा–मुग्लिन सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १८ किमी (दुई लेन) कालोपत्र सम्पन्न भएको छ । ३८ किलोमिटर लामो यो सडक खण्डमा हालसम्म ३७ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ । उक्त खण्डका इन्जिनियर सहनशीला कायस्थका अनुसार हालसम्म उक्त सडकको भौतिक प्रगति ५९.८९ र वित्तीय प्रगति ४७.८० प्रतिशत प्रगति भएको छ । उनले भने, “२९.६१ किमीमा दुईतर्फी (चार लेन) र ७.७९ किमी सडकमा एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको छ ।”

चालु आवमा १४ किमी कालोपत्र कार्य भएको छ । सोही अवधिमा दुईवटा कल्भर्ट निर्माण भएका छन् । पश्चिम खण्डका १२ मध्ये ११ वटा पुल र १०५ वटा कल्भर्ट पनि निर्माण भएका छन् ।

शहरी क्षेत्रमा ‘सर्भिस लेन’सहित छ लेन र अन्यत्र चार लेनको सडक बन्ने छ । आयोजनाका अनुसार पोखराको सेती पुलदेखि तल्लो गगनगौँडासम्म छ लेनको हुनेछ ।

Health Tips Ad Road Block