काठमाडौं । बुढानिलकण्ठ हेरिटेज लिमिटेडद्वारा प्रवर्द्धित लेमन ट्री प्रीमियर होटलको सातौं वार्षिक साधारण सभाबाट अम्बिका प्रसाद पौडेल अध्यक्ष चयन भएका छन् । पौडेल सर्वसम्मतरुपमा अध्यक्ष चयन भएका हुन् ।
साधारण सभाबाट शिवनाथ पाण्डे, नवराज बुर्लाकोटी, बाबुकाजी कार्की र सृजना केसीलाई सञ्चालक चयन गरेको छ ।
नवनिर्वाचित अध्यक्ष पौडेलले आफ्नो कार्यकालमा संस्थालाई हस्पिटालिटी क्षेत्रको उत्कृष्ट र अग्रणी कम्पनीका रूपमा विकास गर्न सम्पूर्ण ऊर्जा, समर्पण र प्रतिबद्धताका साथ कार्य गर्ने संकल्प व्यक्त गरेका छन् । त्यसैगरी सबैको साझा उद्देश्य “गुणस्तर, सेवा र सन्तुष्टि”लाई आत्मसात गर्दै विश्वासको बल, मिहिनेतको आधार र एकताबद्ध गराएर गौरवमय गन्तव्य बनाउने प्रतिबद्धता उले व्यक्त गरेका छन् ।
पौडेल नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य एवं कर तथा राजश्व सतितिका सभापति हुन् ।






















