काठमाडौं । एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको पछिल्लो संचालनक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
संचालक समितिको बैठकले ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.१०५ प्रतिशत नगद लाभांश गरि कुल ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तालाई वितरण गरिनेछ ।
त्यसैगरी कम्पनीले बोनस पश्चात कायम हुने चुक्ता पुँजीको १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ । कम्पनीले आगामी साधारणसभामा हकप्रद प्रस्ताव लैजानेछ । कम्पनीले पुस ४ गते बिहान अम्रपाली बैंक्वेट काठमाडौंमा साधारणसभा बोलाएको छ ।






















