काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गतवर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । बुधबार बसेको सञ्चालक समितिको ७३ औं बैठकले आव २०८१/८२ को वितरण योग्य मुनाफाबाट १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
लघुवित्तले १४.२५ प्रतिशत बोनस शेयर र लाभांश कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपश्चात आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिनेछ ।






















