Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौताको पहिलो किस्ता, काटिएको विद्युत लाइन जोडियो

मिनरलको २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता

Citizenlife ad 2082 falgun to baishak 2083

दाङ । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयाल प्रालिले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम मंगलबार तिरेको छ । पहिलो किस्ता तिरेपछि गत ७ कार्तिकमा विच्छेद गरिएको सोनापुर मिनरलको विद्युत लाइन मंगलबार साँझ जडान गरिएको छ ।

सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो ।

सोनापुर मिनरलको २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरीे सोनापुर मिनरले ८६ लाख ३० हजार रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।

Health Tips Ad Road Block