Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

को हुन् सानिमा बैंकको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्य ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कार्तिक २४ गते बसेको सानिमा बैंकको सञ्चालक समितिको बैठकको निर्णयानुसार पवन कुमार आचार्यलाई २०८२ माघ १२ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । स्थायी ठेगाना ललितपुरमा बस्ने आचार्य, २०६० सालमा सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकमा कार्यरत रहि बैंकिङ्ग क्षेत्रमा २१ वर्ष लामोे अनुभव संगालेका छन् । हाल आचार्यले सानिमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निभाउँदै आएका छन् ।

यस अघि पनि बैंकको दशवटा विभागमा उनले विभागीय प्रमुखका रुपमा राम्रो अनुभव बटुलेका थिए । उनको कर्जा मुल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना लगानीमा विज्ञता रहेको छ । साथै उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा संचालक समितिमा अध्यक्षका रुपमा कार्यरत छन् । यसबाहेक पनि उनको प्रोडक्सन इन्जिनियरमा चार वर्ष र भिजिटिङ फ्याकल्टीमा पाँच वर्षको अनुभव रहेको छ ।

आचार्यले अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र MNIT, Jaipur  मा इन्जिनियरिङ्गमा स्नातक डिग्री हासिल गरेका थिए । साथै शैक्षिक उपलब्धि मध्ये राष्ट्रव्यापी एसएलसी परीक्षामा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो श्रेणी हासिल गरेका थिए ।

उनको कार्यकालमा बैंक थप सफलताको उचाईमा पुग्न सफल हुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

 

Health Tips Ad Road Block