Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एक्सप्लोर अर्थ मुभर्स प्रालिद्धारा इलेक्ट्रिक ह्वील लोडर एसडीएलजी एल ९३६ एचइभी सार्वजनिक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एक्सप्लोर अर्थ मुभर्स प्रालिले नेपालको पहिलो इलेक्ट्रिक ह्वील लोडर एसडीएलजी एल ९३६ एचइभी सार्वजनिक गरेको छ । नेपाली बजारमा एउटा पुरानो नाम पन्चकन्या ग्रुप विश्वासीलो र भरपर्दो व्यवसायिक समुहको रुपमा स्थापित भएको एक अब्बल व्यापारिक कम्पनी भएको दाबी गरिउको छ । कम्पनीले आफुले वितरण गरिने सेवा तथा वस्तुहरुमा नविनतम उच्च प्रविधिको उपकरण प्रयोग गरी ग्राहकहरुलाई सेवा गर्दै आएकोमा यस ग्रुपले आफनो प्रधान कार्यालय ललितपुर महानगरपालिका वडा नं ३ कृष्णगल्लीको परिसरमा आयोजित एक कार्यक्रमबीच त्यस ग्रुपकै सन्चालकको लगानी रहेको एक्सप्लोर अर्थ मुभर्स प्रालिले विभिन्न मेसिनहरु बजारमा विगत लामो समयदेखि बिक्री वितरण गदै आईरहेकोमा हालसालै एसडीएलजी एल ९३६ एचइभी मोडल अन्तर्गतको नयाँ मेसिन सार्वजनिक गरेको हो । यो मेसिनले वातावरणमा न्यून हानी पुर्याई नेपाल सरकारले विधुतीय सवारीसाधनको प्रयोगलाई गरेको प्राथमिकतालाई बल पुग्ने कम्पनीले विश्वास लिएको छ ।

नेपालमा पहिलो पटक सार्वजनिक गरिएको यो इलेक्ट्रिक ह्वील लोडर वातावरणमैत्री, कम ऊर्जा खपत गर्ने प्रविधिको उत्कृष्ट उदाहरण भएको कम्पनीको दाबी छ । अत्याधुनिक इलेक्ट्रिक ड्राइभ प्रणालीसहितको एसडीएलजी एल९३६ एचइभीले वातावरणमा न्यून हानी पुर्याई नेपाल सरकारले विधुतीय सवारी सााधनको प्रयोगमार्फत हरित ऊर्जा प्रबद्र्धन गर्ने र दिगो विकासको लक्ष्य प्रति गर्ने प्रतिबद्धतालाई सघाउने विश्वास कम्पनीले लिएको छ ।

यसमा प्रयोग गरिएको आधुनिक ब्याट्री प्रविधि र स्मार्ट ऊर्जा व्यवस्थापन प्रणालीको कारण लोडरले लामो समयमा न्यून मर्मत लागत र न्यून आवाजमा काम गर्ने बताइएको छ । यो शहरभित्रका निर्माण कार्यहरू, औद्योगिक स्थलहरू र पर्यावरणीय संवेदनशील क्षेत्रमा प्रयोगका लागि उपयुक्त यो लोडर अत्याधुनिक इलेक्ट्रिक ड्राइभ प्रविधि सहित, वातावरणमैत्री रहेको छ भने एसडीएलजी मेसिनहरूको परिचित नामको रुपमा नेपाली बजारमा लन्च गरिएको छ ।

नयाँ ईभी लोडरको विशेषताहरूः

शून्य उत्सर्जन – सफा हावा र कम कार्बन फुटप्रिन्टमा योगदान ।

उत्कृष्ट ऊर्जा दक्षता – अत्याधुनिक ब्याट्री प्रविधिले एक पटकको चार्जमा लामो समय सञ्चालन गर्न मद्दत गर्छ ।

मजबुत प्रदर्शन – परम्परागत डिजेल लोडरको भन्दा शक्तीसाली र विश्वसनीयता कायम गर्दछ ।

कम मर्मत खर्च – साधारण इलेक्ट्रिक ड्राइभ प्रणालीले नियमित मर्मत तथा सञ्चालन खर्च घटाउँछ ।

मुख्य विशेषताहरूः

ब्याट्री शक्ति: १८०.५ kWh (५२१ V) CATL लिथियम आयरन फस्फेट (LiFePO₄) ब्याट्री
मोटर शक्ति: ६० kW नियमित / ९० KW अधिकतम
बकेट क्षमता: १.५ – ३.० m³ (स्ट्यान्डर्ड २.१ m³ GP बकेट)

यो लोडर अहिले एक्सप्लोर अर्थ मुभर्स प्रालि बल्खु, काठमाडौंमा प्रदर्शनको लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ । इच्छुक ग्राहक तथा साझेदारहरूलाई यो नयाँ प्रविधिको प्रत्यक्ष अनुभव लिन कम्पनीले आमन्त्रण गरेको छ ।

Health Tips Ad Road Block