Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

राष्ट्र बैंकले उपदान कोषमा रहेकाे ३ अर्ब ७० करोड लगानी गर्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान कोषमा रहेको तीन अर्ब ७० करोड रुपैयाँ बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गरी एक वर्ष(३६६ दिन)का लागि उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्ने जनाएको छ ।

सूचना अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा दुई अर्ब ९६ करोड, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ५५ करोड ५० लाख, राष्ट्रियस्तरका वित्त कम्पनीमा १८ करोड ५० लाख रुपैयाँ बराबरको रकम लगानी गर्न लागिएको हो । सूचनामा बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष पूरा भएको, बैंकबाट तोकिएको न्यूनतम कूल पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने बताइउको छ ।

बैंक तथा वित्तीय संस्था कर्जा निक्षेप अनुपात केन्द्रीय बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, अघिल्लो आर्थिक वर्षको नाफा–नोक्सान हिसाबअनुसार खुद मुनाफामा रहेको हुनुपर्नेलगात सर्त पूरा गरेको हुनुपर्र्नेउल्लेख छ । बैंक वित्तीय संस्थाले उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदरसहित आवेदन दिनुपर्नेछ ।

Health Tips Ad Road Block