सिरहा । भारतको विहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर गरी सिरहाको सीमावर्ती नाका गए रातिदेखि बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाले एक विज्ञप्ति जारी गरी नाका बन्द भएको जानकारी दिएको हो । जारी सूचनामा भारतको विहार राज्यमा हुने विधानसभा निर्वाचनका कारण सिरहासँग जोडिएका सीमानाका तीन दिनसम्म बन्द गरिने निर्णय गरिएको उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशासकीय अधिकृत सुरेश शाहका अनुसार कार्तिक २३ गते राति १२ बजेदेखि कार्तिक २५ गते २४ बजेसम्मका लागि सीमानाका बन्द हुनेछ । जिल्ला प्रशासन कार्यालयका अनुसार यस अवधिमा मानवीय र आकस्मिक बाहेकका आवागमन पूर्णरूपमा बन्द गरिनेछ ।






















