Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

टेलिकमको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन सञ्चारमन्त्रीको निर्देशन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको पहुँच विस्तारसँगै सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन निर्देशन दिएका छन्। नेपाल टेलिकमको निरीक्षण तथा ‘एनटी फाइबर विद्यार्थी अफर’ घोषणा कार्यक्रममा मन्त्री खरेलले नेपाल टेलिकमलाई सुशासनयुक्त कम्पनीको रुपमा स्थापित गर्न निर्देशन पनि दिए । उनले भने,“सरकारको पहिलो प्राथमिकता निर्वाचन र सुशासन हो, त्यसैले अब टेलिकमको सेवालाई सुशासनसँग जोडेर हेर्नैपर्छ । सुशासनसँगै जोडेर मैले यो कुरा भनेको हुँ, सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका लागि प्रयास गर्नैपर्छ । छोटो अवधि भएपनि केही न केही काम गर्नुपर्ने यो सरकारलाई दबाव छ, चुनौती र ऊर्जा पनि छ ।”

सञ्चारमन्त्री खरेलले नेपाल टेलिकमको काममा ढिलाइ गर्ने वा जनतालाई गुणस्तरीय सेवा नदिने ठेकेदारहरुको सम्झौता तत्काल रद्द गर्न पनि निर्देशन दिए ।  “टावरलगायत पूर्वाधारको काममा जो–जो ठेकेदारले समयमै काम नगरेर ‘होल्ड’ गरेका छन् उनीहरुको ठेक्का रद्द गरेर काम गर्ने ठेकेदारलाई जिम्मा दिनुपर्छ”, उनले भने ।

राष्ट्रको सञ्चार टेलिकमले आफ्नो सेवालाई थप प्रभावकारी बनाउन आग्रह गर्दै मन्त्री खरेलले टेलिकमको कुनै पनि अफ्ठ्याराहरुमा सरकार र मन्त्रीको सधै साथ सहयोग रहने विश्वास दिलाए । सञ्चारमन्त्री खरेलले भने, “टेलिकमको सेवा गुणस्तरीय र प्रभावकारी हुनुपर्ने छदैछ तर टेलिकमले आफूलाई अब सु्््शासनयुक्त कम्पनीको रुपमा स्थापित गर्नुपर्नेछ । सुशासनका सुखद् समाचारहरु जनमानसमा आउन जरुरी छ, यो मेरो अपेक्षा छ । टेलिकमलाई नेपालको अब्बल संस्थाको रुपमा स्थापित गर्न जरुरी छ ।”

उनले मन्त्रालयमा टेलिफोन र इन्टरनेट प्रभावकारी नभएको गुनासो आइरहेको भन्दै दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुच विस्तार र सेवाको गुणस्तर अभिवृद्धिमा ध्यान दिन आग्रह गरे ।

यस्तो छ एनटी फाइबर विद्यार्थी अफर

नेपाल टेलिकमले विद्यार्थीवर्गलाई लक्षित गर्दै आइतबारदेखि फाइबर विद्यार्थी अफर प्रारम्भ गरेको छ । टेलिकमले वि.सं.२०५४ साल वा सोपछि जन्ममिति भएका विद्यार्थीका लागि किफायती मूल्यमा उच्च गुणस्तरीय इन्टरनेट प्रदान गर्न एनटी फाइबर विद्यार्थी अफर सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री खरेलले उक्त अफरको शुभारम्भ गरे ।  मन्त्री खरेलले आर्थिक रुपले सक्षमता नभएका विद्यार्थीवर्गका लागि सूचना प्रविधिमा पहुँच स्थापित गर्ने उद्देश्यले सहुलियतपूर्ण विशेष उपहार प्रदान गरेकोमा नेपाल टेलिकम परिवारलाई धन्यवाद ज्ञापन गरे।

सञ्चारमन्त्री खरेलले टेलिकमको ‘भ्वाईस’ र ‘डेटा’ सञ्चार सम्बन्ध र सम्पर्कका महत्वपूर्ण शूत्र हुन् भन्दै यसलाई बद्लिदो परिवेश र प्रविधियुक्त बनाइनुपर्नेमा जोड दिए । उनले भने, “जेनजी आन्दोलनको जगमा बनेको सरकारले जेनजी र विद्यार्थीका लागि केही न केही उपहारस्वरुप सेवा दिनसकिन्छकी भनेर छलफल गरियो । आजसहुलियत प्याकेज घोषणा गरिएको छ । लाखौँ विद्यार्थीहरु शहरी क्षेत्र मात्रै नभई दूर्गम क्षेत्रसम्म रहेका उनीहरुका लागि इन्टरनेटको सुविधा सास फेर्नु सरह छ । हामी सबैका लागि पनि हो तर विशेषगरी विद्यार्थीका लागि यो अतिनै उपयोगी हुनेछ ।”

मन्त्री खरेलले टेलिकमको सेवा केवल शहरमा सीमित नहोस् भन्ने सरकारको लक्ष्य रहेको भन्दै दूरदराजका बस्तीहरुमा पनि फाइबर तथा टेलिफोन सेवा विस्तारका लागि आवश्यक निर्देशन दिए । उनले भने,“नेपाल टेलिकम आइराख्दाखेरी देश र जनतका लागि केही न केही नयाँ दिनसक्न पाए हुन्थयो भन्ने चाहना थियो, आज नेपाल टेलिकमले विद्यार्थीहरुका लागि विशेष प्याकेज घोषणा गरेकामा म विशेष धन्यवाद दिन चाहन्छु ।” उनले फाइबर सेवाका ग्राहक वृद्धि गर्नका लागि बजारीकरणका उपायहरु अपनाउन निर्देशन दिए ।

कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्षसमेत रहेका सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले नेपाल टेलिकम राष्ट्रको सञ्चारको रुपमा रहेकोले नाफा भन्दा पनि सेवालाई प्राथमिकतामा राखेर अगाडि बढेको उल्लेख गर्दै सेवाका साथसाथै राजश्व अभिवृद्धिलाई पनि लक्षित गरी आम्दानीको सम्भावनाका क्षेत्र पहिचान गरेर सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।

टेलिकमका निमित्त प्रवन्ध निर्देशक सविना मास्केले टेलिकमको मुनाफा बढाउन तथा सेवालाई चुस्त र प्रभावकारी बनाउन कम्पनीले विभिन्न योजना अगाडि बढाइएको बताइन् । सो अवसरमा सञ्चारमन्त्री खरेलले टेलिकमको जावलाखेलमा रहेको ‘इन्टीग्रेटेड नेटवर्क अपरेसन सेन्टर’ को स्थलगत निरीक्षणसमेत गरेका थिए । अफर अन्तर्गत करसहित रु. ४ हजार ९९९ मा ३० एमबीपीएस गतिको इन्टरनेट सेवा एक वर्षका लागि उपलब्ध गराइएको छ । अफरको साथमा विद्यार्थीले १ थान म्गब िद्यबलम ऋएभ् र बढीमा १०० मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्न सक्नेछन् । पहिला यही प्याकेज रु आठ हजार पर्थ्यो । अफर लिनका लागि विद्यार्थीले उक्त अवधिभित्र १९८ मा सम्पर्क गरी डिमान्ड पोर्टल मार्फत तथा नजिकको नेपाल टेलिकमको कार्यालयमा उपस्थित भै आवेदन दिन सक्नेछन् ।

Health Tips Ad Road Block