काठमाडौँ । दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म दराज नेपालले वर्षकै सर्वाधिक ठूलो सेलका रुपमा परिचित दराज ११.११, “द बिगेस्ट सेल अफ दि ईयर”को आयोजना गर्ने घोषणा गरेको छ । “फर दि शोस्टपर ईन यू” थीममा आधारित हुने यो अभियान कार्तिक २४ गते (नोभेम्बर १०)को राति ८ बजेदेखि सुरु भएर मङ्सिर ५ गते (नोभेम्बर २१) सम्म चल्नेछ । करिब दुई सातासम्म चल्ने यो मेगा–सेलमा ग्राहकहरूले सबै श्रेणीका उत्पादनहरुमा अभूतपूर्व छुटका साथै रोमाञ्चक अनुभव प्राप्त गर्न सक्नेछन् ।
यस वर्षको ११.११ सेलमा हालसम्मकै सबैभन्दा ठूला अफरको श्रृंखला नै प्रस्तुत गरिने जानकारी दिइएको छ । अफरहरुमा ८५% सम्म अफको फ्ल्याश सेल, ७५% सम्म अफको मेगा डिल, ७०% सम्म अफको हट डिल, र रोमाञ्चक फास्टेस्ट फिंगर फ्ल्याश सेल लगायत समाविस्ट हुनेछन् । ग्राहकहरूले मेगा सेल अवधिभर अत्यधिक लोकप्रिय ११ ÷ १११ ÷ १,१११ ÷ ११,१११ रुपैयाँ डिलहरु पनि पाउन सक्नु हुनेछ । साथै असंख्य उत्पादनहरुमा ब्राण्ड स्पटलाईट डिस्काउन्ट्स र निःशुल्क डेलिभरी सुविधाको लाभ पनि लिन सक्नेछन् । डेलिभरी डिस्काउन्ट सुविधा रु.३९९ माथिका अर्डरमा तथा रु.६९९ माथिका अर्डरहरुमा निःशुल्क डेलिभरी सुविधा पनि उपलब्ध हुनेछ ।
मेगासेलमा रोमाञ्चकता थप्नका लागि १ रुपैयाँ डिल अझ बृहत्तरुपमा सञ्चालन गरिने दराज नेपालले जानकारी दिएको छ । यो डिलमा सहभागी हुनका लागि ग्राहकहरूले १ रुपैयाँ मूल्यांकन गरिएका निशुल्क उपलब्ध हुने (१००% छुटसहित) विशेष उत्पादनहरू अर्डर गर्नु पर्ने हुन्छ । यसरी अर्डर गर्न सफल सबैजना स्वतः डिलमा सहभागी हुनुहुनेछ । यसरी आफ्नो सहभागिता जनाउनु भएका उपभोक्ताहरु मध्यबाट एक जना भाग्यशाली उपभोक्ताले एथर रिज्टा इलेक्ट्रिक स्कूटर जित्ने सुनौलो अवसर प्राप्त गर्नुहुनेछ । विजेता छनोट अधिकतम डेलिभर भएका अर्डर र न्यूनतम रु.१०,००० को खरिद सर्त पूरा भएको आधारमा हुने जानकारी दिइएको छ ।
नोभेम्बर १० को राति ८ बजेदेखि सुरु हुने सेलको शुरुवातमा मिडनाइट रश आवर अन्तर्गत ८% हाई भ्यालुका भाउचरहरू (रु.१,१११ सम्म) राति ८–९ र १२–१ बजेसम्म उपलब्ध हुनेछन् । साथै फ्ल्याश भाउचर हरेक दिन बिहान ११ र बेलुका ७ बजे सार्वजनिक गरिनेछ । उपभोक्ताहरुले थिम्ड डेज्मापनि अत्यन्त आकर्षक अफरहरुको मज्जा तथा लाभ उठाउन सक्नेछन् । उदाहरणका लागि, फेसन विकेन्ड (शनिवार–आइतवार), इलेक्ट्रोनिक्स ट्युजडे, लाइफस्टाइल वेड्नेसडे, मदर एन्ड बेबी थर्सडे, ब्यूटी एन्ड केयर फ्राइडे, र दराजमल मन्डे मा पनि विशेष छुट र सिमित समयका लागि आकर्षक डिलहरू उपलब्ध हुनेछन् । त्यसैगरी, दराज च्वाइस च्यानल मार्फत बाई थ्री गेट फ्रि डेलिभरी र बाई फोर गेट वान फ्रि गिफ्ट विथ फ्रि डेलिभरी अफरहरू पनि पाउनेछन् ।
यस वर्षको मेगा डिलमा सेताफिल, ¥होटो, एईविबी, न्यूलाइट, यूनिलिभर, होनसा, ग्रिन लाईफ एक्स्पेरियन्स, मिनिमलिस्ट, ब्राण्डहाउस, अल्टिमा लाईफस्टाइल, फोरया र मसलब्लेज प्लेटिनम पार्टनरका रूपमा रहेका छन् । गोल्ड पार्टनरका रुपमा, डा.सेथ्स, जुभारा, केएल डुगड गु्रप, ई–प्लाजा, एंकर, नाईक र सिल्भर पार्टनरका रुपमा किक लाईफस्टाइल, फ्यानटेक, श्रीसालासार डिस्ट्रिब्यूटर्स, ब्लेस अनलाइन, माटो नेपाल, पिज्जा ईटालिया, ¥हाइना डर्मा रहेका छन् । प्लेटिनम, गोल्ड तथा सिल्भर पार्टनरका रुपमा समाविस्ट यी ब्राण्डहरुले संयुक्तरुपमा ११.११ अवधिभर ईलेक्ट्रोनिक्स, फेशन, एफएमसीजी, हेल्थ एण्ड ब्यूटी, होम अप्लायन्सेस तथा लाईफस्टाइल अन्तर्गत नेपालकै बेस्ट अफरहरु उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।
अपग्रेडेड दराजमल
११.११ अघि नै दराजले आफ्नो दराजमललाई नयाँ परिस्कृत रूप र अनुभवसहित प्रस्तुत गरिसकेको छ । यस अन्तर्गत यहाँ प्रमाणित ब्रान्ड र आधिकारिक विक्रेताहरुबाट मात्र वस्तुहरु उपलब्ध गराइने तयारी रहेको छ । नयाँ दराजमलले ग्राहकहरूलाई तीन गुणा सम्मको क्याशब्याक ग्यारेन्टी (सर्तहरु लाागू) सहित प्रामाणिकता र विश्वासको नयाँ स्तर प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ ।
छानिएका बैंकहरु मार्फत प्रिपेमेन्ट अफरहरू
११.११ मार्फत उपभोक्ताहरुलाई थप रोमाञ्चकता प्रदान गर्ने सोचका साथ दराजले नेपालका सात प्रमुख बैंकहरूसँग सहकार्य गर्दै प्रीपेमेंट छुटहरुको घोषणा गरेको छ । यस अन्तर्गत उपभोक्ताले अवधिभर निम्नानुसार लाभ उठाउन सक्नुहुनेछ ।
क्रेडिट कार्ड प्रयोगकर्ताका लागिः २०% छुट (रु.२,००० सम्म)
डेबिट कार्ड प्रयोगकर्ताका लागिः १५% छुट (रु.१,५०० सम्म)
यस अफरमा सहभागी बैंकहरूमा नविल बैंक, हिमालयन बैंक, माछापुच्छ«े बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, प्रभु बैंक र गरिमा बैंक रहेका छन् ।
“आजको दिन सम्म आईपुग्दा दराज ११.११ अहिले नेपालकै सबैभन्दा ठूलो अनलाइन किनमेल उत्सव बनिसकेको छ । यो अवसरमा ग्राहक, विक्रेता र साझेदारहरु सबै एकैसाथ वृद्धि र सफलताको उत्सव मनाउनु हुन्छ । प्रत्येक वर्ष बढ्दो संख्यामा नेपाली ग्राहकहरू अनलाइन किनमेलमा विश्वास गर्दै अघि बढिरहेका छन्”, बर्षकै सर्वाधिक बृहत्त सेलका बारेमा बोल्दै दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले भनिन्, “यसले ई–कमर्सलाई अझ सरल, छरितो र फलदायी बनाउन हाम्रो उद्देश्यलाई अझ सशक्त बनाएको छ । यस वर्षको ’फर द शोस्टप ईन यू’ थीम हाम्रा आदरणीय ग्राहकहरू प्रति समर्पित छ, किनकि उहाँहरू नै हाम्रा वास्तविक स्टार हुन् ।”
दराज ११.११ ’फर द शोस्टप ईन यू’ मार्फत देशभरका लाखौँ ग्राहकहरूका लागि अनलाइन किनमेलको नयाँ अनुभव प्रदान गर्दै नयाँ परिभाषा नै स्थापित गर्ने उद्देश्य दराजले लिएको छ । मेगासेलबारे थप जानकारीका लागि दराज ११.११ क्याम्पेन पेज र दराज नेपालको फेसबुक पेज हेर्न दराज नेपालले अनुरोध गरेको छ ।
वर्षकै सबैभन्दा ठूलो सेलको काउन्टडाउन सुरु भइसकेको छ !
दराज ग्रुपका बारेमा:
सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ । दराजले ५० करोडभन्दा बढी जनसंख्या भएको क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत बिक्रेता र उपभोक्ताहरूलाई जोड्दै आएको छ । ई–कमर्स, ढुवानी, भुक्तानी तथा वित्तीय सेवाहरू समेट्ने समग्र पूर्वाधारको विकास गर्दै, दराजले दक्षिण एशियाली समुदायलाई व्यापारको शक्तिबाट सशक्त बनाउने उद्देश्य लिएको छ ।






















