काठमाडौं । आज नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घटेको छ । चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ रहेको छ ।
यस्तै चाँदी प्रतितोला ३०१५ रुपैयाँ रहेको छ ।





















