Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

‘परान’ले छोयो यति एयरलाइन्स परिवारको मन, संस्कृति स्कुल परिवारद्वारा परान दृश्यावलोकन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। ‘परान’ ले दर्शकको चौतर्फी प्रशंसा पाउन थालेपछि यति एयरलाइन्स परिवारले पनि आफ्ना कर्मचारी तथा कर्मचारीका अभिभावकसहित केएल टावरको एफक्यू सिनेमा हलमा फिल्म हेरेका छन्। फिल्म हेरिसकेपछि यति एयरलाइन्सका कर्मचारीहरू भने निकै भावुक देखिएका थिए । कसैले आँसु पुछिरहेका थिए त कोही स्तब्ध थिए । तुरून्तै प्रतिक्रिया जनाउन सक्ने अवस्थामा पनि थिएनन् । “अहिलेसम्म कुनै फिल्म हेरेर रोएको थिइनँ, आँखाबाट आँसु नै बगेको थिएन, तर यो परान फिल्मले रूवायो ।” भावुक भएका ती कर्मचारीले प्रतिक्रिया दिँदै भने, “गाउँ छाड्ने बेला कान्छो छोराले बुवालाई जब अँगालो हालेर रुन थाल्छ, त्यसबेला त झनै भक्कानिएको थिएँ, छोरा हिँडेपछि बुबा पनि रुन थाल्दा कसैले मन थाम्न सकेनन् ।” सन्तान र अभिभावकबीचको प्रेम, विदेशमा बस्ने छोरा–बुहारीको संवाद र घर–घरकै कथा समेटिएकाले दर्शकको मन जित्न सफल भएको बताए ।

नेपाली समाजको पारिवारिक कथा समेटिएको ‘परान’ फिल्म जीवनको उत्तरार्धमा सन्तानको साथ र माया खोजिरहेका एक बाबुको कथामा आधारित छ । फिल्मले बाबुआमाले बुढेसकालमा सन्तानको सामीप्य चाहने र सन्तानले आफ्ना आकांक्षालाई प्राथमिकता दिँदा उत्पन्न हुने भावनात्मक दूरी र अवस्थालाई यथार्थपरक रूपमा चित्रण गरेको छ ।

फिल्मको शीर्ष भूमिकामा वरिष्ठ अभिनेता नीर शाह रहेका छन् । नेपाली फिल्म उद्योगमा अभिनयका भीष्मपितामाका रूपमा परिचित शाहले धेरै वर्षपछि शीर्ष भूमिका निभाएकाले यो फिल्म विशेष चासोको विषय बनेको छ । पारिवारिक दर्शकका लागि सन्देशमूलक र भावनात्मक कथा प्रस्तुत गर्ने यो चलचित्रले सबै उमेरका दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।

‘परान’ फिल्मलाई डेब्यु निर्देशक दीपकप्रसाद आचार्य (काकु) ले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि आचार्यकै हो भने पटकथा र संवाद यम थापाले लेखेका हुन् । यो चलचित्र देशका प्रतिष्ठित व्यवसायिक समूह गोल्छा समूह र प्रिज्मा समूहको संयुक्त लगानीमा स्थापना भएको बाइस्कोप सिनेमा प्रा।लि। ले निर्माण गरेको हो ।

फिल्ममा नीर शाह, महेश शाह, अञ्जना बराइल, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई तथा बाल कलाकार आर्यादीप आचार्यलगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ ।

सांस्कृतिक अभिवृद्धि र मनोरञ्जनलाई संस्थागत स्तरमै प्रोत्साहन गर्ने उद्देश्यले यति एयरलाइन्सले आयोजना गरेको यो चलचित्र प्रदर्शन कार्यक्रमले कर्मचारीबीच आपसी सम्बन्ध र सकारात्मक उर्जा सुदृढ गर्ने विश्वास गरिएको छ ।

शिक्षक, कर्मचारी र अभिभावकसहित संस्कृति स्कुल परिवारद्वारा परान दृश्यावलोकन

सांस्कृतिक चेतना, भावनात्मक शिक्षा र सामूहिक आत्मीयता प्रवद्र्धन गर्ने उद्देश्यसहित संस्कृति इन्टरनेशनल स्कुलले आफ्ना शिक्षक तथा कर्मचारी र अभिभावकहरूलाई चलचित्र दृश्यावलोकन गराएको छ । पछिल्लो समय चर्चामा रहेको नेपाली चलचित्र परान स्कुलका शिक्षक तथा कर्मचारीलगायत विद्यार्थी र कर्मचारीका अभिभावकहरूले सामूहिक रूपमा हेरेका हुन् ।

‘परान’ नेपाली समाजको पारिवारिक कथा समेटिएको भावनात्मक चलचित्र हो, जसमा जीवनको उत्तरार्धमा सन्तानको माया र साथ खोजिरहेका एक बाबुको मनोभावनात्मक कथा प्रस्तुत गरिएको छ । बाबुआमाले बुढेसकालमा सन्तानको सामीप्य चाहने र सन्तानले आफ्नै आकांक्षालाई प्राथमिकता दिँदा उत्पन्न हुने पीडा र परिस्थितिलाई फिल्मले यथार्थपरक रूपमा चित्रण गरेको छ ।

परान हेरेपछि हल बाहिर संक्षिप्त प्रतिकृया दिँदै एक अभिभावकले भने, ‘फिल्म हेर्दै गर्दा म पटकपटक भावुक बने । कहिले आफू छोरा भएर बु्बाको हात समाएको अनुभव भयो । त्यसबेला पनि आँसु थाम्न सकिन । फेरि हेर्दाहेदै कहिले आफू बुबा भएको र टाढिएका सन्तानको यादले झनबढी पिरोल्दा आँसुले पुरै रुमाल भिज्यो । मैले फिल्म हेरेर यसरी आँसु बगाएको संभवतः पहिलो पटक नै हो ।’

फिल्मको शीर्ष भूमिकामा वरिष्ठ अभिनेता नीर शाह रहेका छन् । अभिनयका भीष्मपितामाका रूपमा परिचित शाहले धेरै वर्षपछि शीर्ष भूमिका निभाएकाले यो चलचित्रलाई विशेष चासोका साथ हेरिएको छ । फिल्मले पारिवारिक दर्शकहरूलाई केन्द्रमा राखेपनि, सबै उमेर र वर्गका दर्शकमा समान आकर्षण पैदा गरेको देखिन्छ ।

डेब्यु निर्देशक दीपकप्रसाद आचार्य (काकु) द्वारा निर्देशित ‘परान’ फिल्मको कथा स्वयं आचार्यकै हो भने पटकथा र संवाद यम थापाले लेखेका हुन् । यो चलचित्र देशका प्रतिष्ठित व्यवसायिक समूह गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापना भएको बाइस्कोप सिनेमा प्रा।लि। द्वारा निर्माण गरिएको हो ।

फिल्ममा नीर शाह, महेश शाह, अञ्जना बराइल, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई तथा बाल कलाकार आर्यादीप आचार्यलगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ ।

संस्कृति इन्टरनेशनल स्कुलले आफ्ना कर्मचारीहरूबीच आपसी आत्मीयता, सामूहिक भावना र नेपाली सिनेमा तथा संस्कृतिप्रतिको समझदारी बढाउने उद्देश्यले आयोजना गरेको यो चलचित्र प्रदर्शन कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरेको विद्यालय प्रशासनले जनाएको छ ।

 

Health Tips Ad Road Block