Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

जेनजी आन्दोलनकाक्रममा घाइते पत्रकार र संचारमन्त्री भेट

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र जेनजी आन्दोलनकाक्रममा घाइते भएका पत्रकार दिपेन्द्र ढुङगानाबीच भेटघाट भएको छ । गरेका छ । सिंहदरबारस्थित सञ्चारमन्त्रीको कार्यकक्षमा सोमबार भएको भेटमा घाइते पत्रकारहरुको सवाल र मन्त्रालयले गर्ने सहजिकरणका विषयमा छलपल भएको छ ।

नयाँ पत्रिकामा फोटो पत्रकारको रुपमा कार्यरत ढुङ्गाना जेनजी आन्दोलनका क्रममा गत भदौँ २३ गते रिपोर्टिङ गर्दा गर्दै काठमाडौँको नयाँबानेश्वरस्थित संसद भवन बाहिर गोली लागेर घाइते भएका थिए । प्रदर्शनको क्रममा ढुङ्गानाको घाटीको दाइनेतर्फ तीनवटा रबरको बुलेट गोली लागेको थियो । उनको पाटन अस्पतालमा अप्रेसन गरेर रबरको बुलेट निकालिएको थियो । उपचारको क्रममा करिब ७५ हजार रुपैयाँ खर्च भएको थियो । पत्रकार ढुङ्गानाले सरकारसमक्ष उपचारको क्रममा खर्च भएको रकम उपलब्ध गराइदिन पहलका लागि सञ्चारमन्त्री समक्ष अनुरोध गरे । पत्रकारहरुले प्रयोग गर्ने उपकरण (क्यामेरा, लेन्स, अडिया रेकर्डर) को बीमा अनिवार्य गर्नका लागि पहल गरिदिन पनि उनले आग्रह गरे ।

सो अवसरमा सञ्चारमन्त्री खरेलले पेशागत व्यवसायिक कर्तव्य निर्वाहका क्रममा घाइते फोटो पत्रकार ढुङ्गानाको उपचार खर्च सरकारकोतर्फबाट उपलब्ध गराउन पहल गर्ने बताए । साथै उनले अन्य घाइते पत्रकारहरुसँग छिट्टै भेटगरी उनीहरुको समस्या समाधानका लागि मन्त्रालयले सहजिकरण गर्ने विश्वास व्यक्त गरे ।

सञ्चारमन्त्री खरेलले फोटो पत्रकारहरुको बीमाका लागि संस्थागत छलफल गरेर मन्त्रालयले पहल गर्ने प्रतिवद्धता जनाए ।

ढुङ्गानाले पत्रकारहरुलाई सामाजिक सुरक्षा मकोषमा अनिवार्य जोड्न, मानसिक स्वास्थ्यको लागि नियमित परामर्शको लागि मिडिया हाउसहरुलाई नियमित गराउने, फिल्डमा खट्ने पत्रकारहरुलाई सुरक्षा उपकरण अनिवार्य गराउने तथा प्राकृतिक प्रकोप, आन्दोलन जस्ता जोखिम ठाउहरुमा रिपोर्टिंग गर्नको लागि अनिवार्य तालिम राख्नु पर्ने माग पनि सञ्चारमन्त्री समक्ष पेश गरे । मागप्रति सकारात्मक जनाउँदै सञ्चारमन्त्री खरेलले उपयुक्त विषयमा आवश्यक छलफल र समन्वय गर्ने बताए ।

जेनजी आन्दोलनका क्रममा समाचार,तस्बिर र भिडियो सम्प्रेषण गर्दै गर्दा पत्रकार ढुङ्गानासहित सम्भु दंगाल, उमेश कार्की, श्याम श्रेष्ठ, वर्षा शाह घाइते भएका थिए ।

Health Tips Ad Road Block