Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सारथी विद्युतीय स्कुटरमा विन्टर अफर, रु.१७ हजारसम्म नगद छुट

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाली बजारमा लोकप्रियता हासिल गर्दै आएको सारथी ब्राण्डको विद्युतीय स्कुटरले यो चिसो मौसमलाई अझ उत्साहपूर्ण बनाउन ‘विन्टर अफर’ सार्वजनिक गरेको छ । अब ग्राहकहरूले सारथीका विभिन्न मोडेलका स्कुटर खरिद गर्दा अधिकतम रु.१७ हजारसम्मको नगद छुट पाउन सक्नेछन् । कम्पनीका अनुसार यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ ।

यसको बजार मुल्य रु. २ लाख १६ हजार भएतापनि यो अफर अन्तरगत अब जम्मा रु. १ लाख ९९ हजारमा यो सारथीको इकुटर इ ३ भन्ने मोडेलको स्कुटर खरिद गर्न पाइनेछ ।

वातावरणीय अनुकुलता र स्वदेशी उर्जाको उपयोगमा आधारित सारथी इकुटर ब्रान्डले नेपाली ग्राहकको बजेट, यात्रा आवश्यकताहरू र वातावरणीय जिम्मेवारीलाई ध्यानमा राख्दै स्कुटरहरू निर्माण गर्दै आएको छ । अबको यो अफरले मूल्यमा राहत मात्र होइन, विद्युतीय सवारीप्रतिको आकर्षण पनि थप बढाउने कम्पनीको विश्वास छ ।

कम्पनीका मार्केटिङ प्रमुख शंकर शर्मा भन्छन्, “यो अफरले ग्राहकलाई विद्युतीय सवारी रोज्न थप प्रोत्साहन दिनेछ । हाम्रो उद्देश्य किफायती मूल्यमा आधुनिक, भरपर्दो र वातावरणमैत्री मोबिलिटी समाधान प्रदान गर्नु हो ।”

सारथीका स्कुटरहरूमा उच्च गुणस्तरका ग्राफिन तथा लिथियम ब्याट्री, स्मार्ट डिस्प्ले, रेजेनेरेटिभ ब्रेकिङ प्रणाली र आधुनिक डिजाइन उपलब्ध छन् । यसमा १२ इन्चका ठूला ठूला टायर, डबल डिस्क ब्रेक, ३५ लिटरको बुट स्पेस लगायतका कारण यसले शहरभित्रको दैनिक यात्रा सहज बनाउँछ । साथै पेट्रोलको बढ्दो मूल्य र प्रदूषणको समस्याबीच यो स्कुटर वातावरणमैत्री विकल्पका रूपमा स्थापित हुँदै गएको छ ।

विन्टर अफर अन्तर्गत ग्राहकहरूले नगद छुटसँगै विशेष फाइनान्स सुविधा पनि पाउनेछन् । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी सजिलो किस्ताबन्दीमा स्कुटर खरिद गर्न सकिने व्यवस्था गरेको छ । साथै, प्रत्येक खरिदकर्तालाई एक वर्षको निःशुल्क सर्भिसिङ र विभिन्न कम्पोनेन्टहरुमा वारेन्टी पनि प्रदान गरिने बताइएको छ ।

नेपालभरका सारथी शो–रूम तथा अधिकृत विक्रेताबाट यो अफर प्राप्त गर्न सकिनेछ । यो अवसर सीमित समयका लागि मात्र उपलब्ध हुने भएकाले इच्छुक ग्राहकहरूलाई छिटो निर्णय गर्न कम्पनीले आग्रह गरेको छ ।

पर्यावरणमैत्री, स्टाइलिश र किफायती यात्रा चाहनेका लागि यो विन्टर अफर सारथी स्कुटरसँग आफ्नो नयाँ यात्रा सुरु गर्ने उत्कृष्ट मौका हुने कम्पनीको भनाइ छ ।

Health Tips Ad Road Block