काठमाडौं । एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुजितकुमार शाक्य नियुक्त भएका छन् । ४ वर्षका लागि शाक्य बैंकको सीईओ नियुक्त भएका हुन् ।
शाक्यले आगामी एक महिना अर्थात ३० दिनभित्र नै कार्यभार सम्हाल्ने र त्यसपछि आवश्यक जानकारी समेत गराइने बैंकले नेपाल स्टक एक्स्चेञ्जलाई जानकारी गराएको छ ।
बैंक सञ्चालक समितिको ७३६ औं बैठकले शाक्यलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । रोशनकुमार न्यौपानेले राजीनामा दिएपछि बैंकमा सीईओ पद खाली थियो ।






















