Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

दाउन्ने सडकको वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध

Citizenlife ad 2082 falgun to baishak 2083

नवलपरासी पूर्व । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वको दाउन्ने सडकखण्डमा अवरोध जारी रहेको भन्दै प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । एक सूचना जारी गर्दै जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले दाउन्नेको १४ किलोमिटरको विभिन्न स्थानमा बाटो चिप्लो, उकालो र गाडी फसेका कारण यातायात आवागमनमा समस्या भएको भन्दै सकेसम्म यो मार्ग भएर यात्रा नगर्न र वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको हो ।

प्रहरीले भनेको छ, ‘जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गा.पा. वडा नं. २ स्थित पूर्व पश्चिम राजमार्गको दाउन्ने सडक खण्डमा बाटो चिप्लो,उकालो तथा सवारी साधन बिग्रिएको कारणले सवारी साधन आवगमनमा असहज भएको कारणले दुवै तर्फ चल्ने सवारी साधनको चाप रहेको र बाटो एक तर्फी संचालनमा रहेको हुनाले वैकल्पिक मार्गको प्रयोग गर्नुहुन सम्पूर्ण महानुभावहरुमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अनुरोध गर्दछ । थप जानकारीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ९८५७०४०९५५, जिल्ला ट्राफिक प्रहरी कार्यालय कार्यालय प्रमुखः९८५७०८७२२२, इलाका प्रहरी कार्यालय दुम्कीबास कार्यालय प्रमुखः ९८५७०४०९२७, जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) सूचना अधिकारीः९८५७०८७५५५ ।’

दाउन्नेमा विगत पाँच दिनदेखि यातायात असहज भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Health Tips Ad Road Block