Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

हिमाल आरोहणको राजश्व तेब्बरभन्दा धेरैले बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । यस वर्षको शरद् ऋतुमा हिमाल आरोहणबाट प्राप्त हुने दस्तुर (राजस्व) तेब्बरभन्दा बढी संकलन भएको छ । सरकारले १० वर्षपछि पर्वतारोहणमा नयाँ शुल्क लागु गरेपछि गत वर्षभन्दा यस वर्ष आरोहण शुल्क तेब्बरले बढेको हो । पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार विगतका शरद् ऋतुमा साढे सात करोडको हाराहारीमा राजस्व संकलन हुँदै आएकोमा यस वर्ष भने साढे २५ करोडभन्दा बढी रुपैयाँ सरकारी कोषमा दाखिला भएको छ । जेनजी आन्दोलनका कारण अन्य पर्यटन क्षेत्रमा असर परे पनि आरोहण क्षेत्रमा भने विगतभन्दा सुधार आएको विभागको तथ्याँकले बताउँछ ।

यसअघि सन् २०२३ को शरद् ऋतुमा सात करोड ८१ लाख र सन् २०२४ को सोही अवधिमा सात करोड ६३ लाख रुपैयाँ संकलन भएकोमा यस वर्ष २५ करोड ५१ लाख ६५ हजार ४३६ रुपैयाँ राजस्व संकलन भएको विभागले सार्वजनिक गरेको तथ्याँकमा उल्लेख छ ।

अहिले १७५ समूहका एक हजार ४५० जनाले आरोहण अनुमति लिएका छन् । अनुमति लिनेमा नेपालसहित ८३ देशका ३४५ महिला र एक हजार १०५ जना पुरुष रहेका छन् ।

Health Tips Ad Road Block