Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

हरेक जिल्लाका निजी क्षेत्रसँग बैठक बसेर सुरक्षा तयारी गरिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । हालै जेनजी पुस्ताद्वारा भएका प्रदर्शनका कारण सार्वजनिक सम्पत्तिसँगै निजी क्षेत्रका उद्योग व्यवसायमा समेत नोक्सानी भएको विषयमा गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई आवश्यक तयारी गर्न निर्देशन दिएको छ।

गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट कार्तिक गते जारी पत्र मार्फत प्रदर्शनका क्रममा ठूलो जनधनको हानी भएको र त्यस्तो अवस्थाले निजी क्षेत्रका व्यवसायमा समेत असर पुर्‍याउन सक्ने सम्भावना रहेकाले सुरक्षात्मक वातावरण तयार गर्न निर्देशन दिइएको हो।

पत्रमा जिल्लास्तरीय उद्योग वाणिज्य संघलगायतका व्यवसायिक संगठनहरूलाई सहभागी गराई जिल्ला सुरक्षा समितिको संयोजनमा बैठक गरी आवश्यक व्यवस्था मिलाउन आग्रह गरिएको छ।

पत्रमा भनिएको छ, “सार्वजनिक तथा निजी क्षेत्रका सम्पत्तिमा हानी नोक्सानी हुन नदिन सुरक्षात्मक वातावरण तयार गरी सम्बन्धित निकायको सहभागितामा बैठक राखी आवश्यक कदम चाल्न अनुरोध गरिन्छ।”

Health Tips Ad Road Block