काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले प्रभु समूहका अध्यक्षसमेत रहेका नेकपा एमालेका पूर्वसांसद् देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको छ । प्रहरीले उनलाई मंगलबार ललितपुरबाट पक्राउ गरेको हो ।
प्रभु म्यानेजमेन्टको आर्थिक हिनामिना प्रकरणमा जाहेरी परेको विषयमा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ ।

प्रहरीले जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर नियन्त्रणमा लिएको हो। बुधबार अदालत उपस्थित गराउने तयारी प्रहरीको छ।





















