ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

शनिबारसम्म भारी वर्षा र हिमपातको सम्भावना भएकाले जरुरी काम नभए यात्रा नगर्न अनुरोध

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मौसम प्रतिकूलताको समयमा अत्यन्त जरुरी कामबाहेक यात्रा नगर्न अनुरोध गरेको छ । प्राधिकरणका उपसचिव एवम् प्रवक्ता शान्ति महतले जल तथा मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण कात्तिक १३ गते बिहीबार दिउँसोदेखि कात्तिक १५ गते शनिबार बिहानसम्म कोशी, मधेस र बागमती प्रदेशको मौसम प्रभावित हुने आंकलन गरिएको बताउँदै सो अनुरोध गरिएको जानकारी दिइन् । जल तथा मौसम विज्ञान विभागले विशेष गरी कोशी, मधेस र बागमती प्रदेशको मौसम प्रभावित हुने देखिएको तथा उक्त प्रणालीको प्रभावबाट मधेस र कोशी प्रदेशका धेरै स्थान तथा बागमती प्रदेशका केही स्थानमा मध्यम तथा भारी वर्षा र हिमपातको सम्भावना रहेको देखाएको छ ।

प्राधिकरणले डुबान हुनसक्ने बस्तीका बासिन्दाले अग्लो र सुरक्षित स्थानबारे जानकारी लिने, अरुलाई पनि जानकारी दिने र आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जान आग्रह गरेको छ । यसका साथै प्रभावित हुनसक्ने नदी किनारका बासिन्दा सतर्क रहन, धान तथा अन्य बाली नकाट्न, काटेको भए तत्काल भित्र्याउन, तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयार अवस्थामा रहन समेत आग्रह गरेको छ ।

Health Tips Ad Road Block