ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

मन्त्रिमण्डलमा आज चार नयाँ अनुहार थपिँदै

काठमाडौँ । आज सरकार थप विस्तार हुने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी हुन् । हालको मन्त्रिपरिषद्मा चार जना नयाँ मन्त्री थपिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसका लागि राष्ट्रपतिसमक्ष उनले नयाँ मन्त्री नियुक्तिका निम्ति नाम सिफारिस गरेकी हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा पूर्वसचिव डा. सुधा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीमा गणपतिलाल श्रेष्ठ, श्रम तथा रोजगारमन्त्रीमा खगेन्द्र सुनुवार र युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्ता सिफारिस भएका छन् । उनीहरूले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम समेत रहेको छ ।

Health Tips Ad Road Block