काठमाडौं । राधी जलविद्युत कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । विद्युत नियमन आयोगले कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न स्वीकृति प्रदान गरेपछि यो बाटो खुलेको हो ।
आयोगले कम्पनीलाई ६९.८९ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको हो ।
यसअनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.६९८९ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८३ करोड ८९ लाख ७९ हजार ३१६ रुपैयाँ रहेको छ ।





















