ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

२० करोडभन्दा बढीको दूधपोखरी चेपेको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटलसँग शेयर निष्काशन सम्झौता सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेडले जारी पूँजीको २० प्रतिशतले हुन आउने अर्थात् २०,२०,००,००० रकम बराबरको रु.१०० अङ्कित दरमा २०,२०,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई निष्काशन गर्ने भएको छ । यसैक्रममा दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेड र मुक्तिनाथ क्यापिटल लिमिटेडबीच कम्पनीको प्राथमिक शेयर (आईपीओ) जारी तथा बिक्री प्रबन्धसम्बन्धी सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत मुक्तिनाथ क्यापिटलले दूधपोखरी चेपे हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कार्य गर्नेछ । एक कार्यक्रमका बीच दूधपोखरी चेपे हाइड्रोपावरका तर्फबाट अध्यक्ष सविन प्रधानाङ्ग र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेडले गोरखा र लमजुङ जिल्लाको सिमानामा पर्ने ऐतिहासिक चेपे खोलामा ११ मेगावाट क्षमताको आयोजना निर्माण कार्य भईरहेको छ । कम्पनीले २०७४ कात्र्तिकमा ऊर्जा विकास विभागबाट विद्युत् उत्पादन सर्वेक्षण अनुमति प्राप्त गरी, २०७५ मंसिरमा नेपाल विद्युत् प्राधिकरणसँग ग्रिड कनेक्शन सम्झौता र २०७५ पुषमा विद्युत् खरिद सम्झौता सम्पन्न गरी कम्पनीले आयोजनालाई योजनाबद्ध रूपमा अघि बढाइरहेको छ । हाल सम्म आयोजनाको ७८ प्रतिशत कार्य सकेको र बाँकी कार्य २०८२ चैत्र महिनाको अन्त्य सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

अनुभवी जलविद्युत् तथा वित्तीय क्षेत्रका विज्ञहरूको सहभागितामा कम्पनीको सञ्चालक समितिले परियोजना समयमै सम्पन्न गर्ने लक्ष्य लिएको छ । कम्पनीले आयोजना निर्माणको कार्य अन्तिम चरणमा रहेकाले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने अर्थात् २०,२०,००,००० रकम बराबरको रु.१०० अङ्कित दरमा २०,२०,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई बिक्री गर्न लागिएको हो ।

यस सम्झौताले आयोजना तथा लगानीकर्ताबीचको सम्बन्ध सुदृढ गर्दै पूँजी बजारमा जलविद्युत् क्षेत्रको लगानी विस्तारमा सहयोग पुग्ने विश्वास कम्पनीका अध्यक्षले बताएका छन् ।

Health Tips Ad Road Block