ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

टेष्ट राष्ट्र वेष्ट इन्डिजविरुद्ध नेपालको शानदार जितसँगै इतिहास

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालले विश्व विजेता वेस्ट इन्डिजसँगको टी–२० सिरिज जितेर इतिहास रचेको छ । टेस्ट राष्ट्रविरुद्धको सिरिज पहिलो पटक जितेर नेपालले इतिहास रचेको हो । तीन खेलको सिरिज नेपालले २–१ ले जितेको हो । सिरिजका दुई खेलमा लगातार विजयी भएको नेपाल फाइनलमा भने वेस्ट इन्डिजसँग नराम्ररी पराजित हुन पुगेको थियो ।

तीनमध्ये दुई खेल जितेर सिरिज जितेको नेपाल फाइनलमा भने १० विकेटको हार बेहोर्न बाध्य भयो ।  सयुक्त अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदान फाइनल खेलको सुरुमा ब्याटिङ गरेको नेपालले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर १२२ रन जोडेको थियो । फाइनलमा १२३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १२ ओभर दुई बलमा ओभरमा लक्ष्य भेट्टाउँदै सिरिजको अन्तिम खेलमा सान्त्वना जित निकालेको हो ।

पहिलो खेलमा १९ र दोस्रो खेलमा ९० रनले वेस्ट इन्डिजलाई पराजित गर्दै नेपालले युनिटी कप टी–२० सिरिज एक खेल अगाडि नै उचालेको हो । रोहित पौडेलको कप्तानीमा नेपालले सिरिज खेलेको हो ।

Health Tips Ad Road Block