Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपालको जलयात्रा पर्यटनमा नयाँ गन्तव्यहरूको खोजी आवश्यक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन सक्ने महत्त्वपूर्ण नदीमध्ये एक हो अपर अरुण नदी, जसले अहिलेसम्म उचित प्रवद्र्धन पाउन सकेको थिएन। तर Adrift Adventures Pvt. Ltd. ले पहिलोपटक विदेशी पर्यटकहरूलाई यहाँ साहसिक जलयात्राको अनुभव गराउने अवसर प्रदान गरेको छ ।

गत फेब्रुअरी १४ देखि २२, २०२५ सम्म रसियन पर्यटक समूहले अपर अरुणदेखि चतरा खण्डसम्म क्याटाराफ्टमार्फत रोमाञ्चक र्याफ्टिङ यात्रा सम्पन्न गरे । यो यात्रा नेपालको जलयात्रा पर्यटनको प्रवद्र्धनमा एक महत्वपूर्ण कोसेढुंगा सावित भएको दाबी गरिएको छ।

यात्राको आरम्भमा केही प्रशासनिक असमझदारीका कारण निर्धारित स्थानबाट र्याफ्टिङ सुरु गर्न कठिनाइ भएपनि पर्यटन विभागका महानिर्देशक, पर्यटन मन्त्रालयका प्रतिनिधिहरू,पर्यटन मन्त्रीका सल्लाहकार तथा सहयोगीहरू साथै कर्मचारीहरूले मकालु गाउँपालिकाका अध्यक्ष तथा अन्य स्थानीय निकायहरूको सक्रिय पहलमा CDO कार्यालयले अन्ततः अनुमति सहजीकरण गरेको थियो । पछि यात्रा सफलतापूर्वक सम्पन्न गर्न सकिएको हो ।

यस घटनाले यो प्रष्ट पार्दछ कि प्रशासनिक संरचनाले सहजीकरण गरेमा नेपालका महत्त्वपूर्ण नदीहरूमा अन्तर्राष्ट्रियस्तरको जलयात्रा पर्यटन सम्भव बन्नेछ।

नेपालको जलयात्रा पर्यटन–अब नयाँ गन्तव्यहरूको खोजी आवश्यक

हालका दिनहरूमा त्रिशुली तथा भोटेकोशीजस्ता प्रचलित नदीहरूमा जल प्रदूषण, अतिक्रमण र अव्यवस्थित दोहनका कारण साहसिक जलयात्राको आकर्षण घट्दै गएको छ। यदि विदेशी पर्यटकहरूलाई नेपाल भित्र्याउने हो भने नयाँ, स्वच्छ र अन्वेषण गर्न बाँकी नदीहरूमा जलयात्राको प्रवद्र्धन गर्नु अत्यावश्यक भइसकेको जानाकारहरु बताउँछन् ।

–अपर अरुणजस्ता नदीहरूमा साहसिक जलयात्रा सञ्चालन गरी अन्तर्राष्ट्रिय प्रचार गर्न सकिन्छ।
– विदेशी पर्यटकहरूलाई आकर्षित गर्न सरकारले प्रशासनिक प्रक्रियाहरू सहज बनाउनुपर्छ।
– नदीहरूको दीर्घकालीन संरक्षण गर्दै वातावरणीय रूपमा दिगो जलयात्रा प्रवद्र्धन गर्न आवश्यक छ।

नेपालको जलयात्रा पर्यटनको भविष्य

यदि पर्यटन मन्त्रालयले अपर अरुण, कर्णाली, सेती–कर्णाली, महाकाली जस्ता सम्भावनायुक्त नदीहरूलाई र्याफ्टिङका लागि प्रवद्र्धन गर्न प्राथमिकता दियो भने नेपाल साहसिक जलयात्रामा अन्तर्राष्ट्रिय हब बन्न सक्ने दाबी पनि जानाकारहरुको छ । त्यसका लागि
– प्रशासनिक अवरोधहरू हटाइ सहज नीति निर्माण गर्नुपर्दछ ।
– नदीहरूको संरक्षण गर्दै दिगो साहसिक पर्यटनको मोडल अपनाउनुपर्दछ ।
– नयाँ गन्तव्यहरूको खोजी र अन्तर्राष्ट्रिय प्रवद्र्धनमा जोड दिनुपर्दछ ।

‘अपर अरुण नदीमा गरिएको र्याफ्टिङ केवल एउटा यात्रा थिएन, यो नेपालका महत्वपूर्ण जलयात्रा गन्तव्यहरूको सम्भावना प्रमाणित गर्ने एउटा ऐतिहासिक कदम थियो। यदि यस्ता स्थानहरूलाई उचित प्रचारप्रसार गरियो भने नेपालको जलयात्रा पर्यटनले नयाँ उचाइ प्राप्त गर्नेछ र विदेशी पर्यटकको आकर्षण बढ्नेछ।’ विज्ञहरु बताउँछन् ।

अब नेपालमा जलयात्रा पर्यटन प्रवर्धनका लागि सरकारले ठोस पहल गर्नुपर्छ । यही आजको आवश्यकता हो । यदि राज्यले तुरुन्तै यस्ता लुकेका नदीहरूलाई खुला र सहजीकरण गर्यो भने नेपालको पर्यटनको भविष्य राम्रो हुनेछ। राज्यले तत्काल यस्ता महत्त्वपूर्ण नदीहरूलाई सहजीकरण गरेर खुला गर्यो भने मात्रै हजारौं डलर तिरेर विदेशी नेपाल आउनेछन् । होइन भने फोहोर र दुर्घन्धित नदीहरूमा जलयात्रा गर्न कोही आउने अवस्था देखिन्न ।

Health Tips Ad Road Block