ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

दशैंको बिदामा पनि सरकारी भुक्तानी नरोकिने र विकल्पको व्यवस्था गर्न निर्देशन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । दशैंको बिदामा समेत सरकारले भुक्तानी नरोक्ने भएको छ । महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरुलाई पत्र लेख्दै सो व्यवस्था गर्न निर्देशन दिएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालयबाट दशैं बिदामा समेत राहत, उद्धार, क्षतिपूर्ति लगायत शीर्षकमा निकासा दिनुपर्ने हुन सक्ने भएको भन्दै महालेखाले सम्बन्धित निकायबाट भुक्तानी आदेश प्राप्त भएमा निकासा दिने गरी वैकल्पिक व्यवस्था गर्न भनेको छ ।

Health Tips Ad Road Block