Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अटोमोवाइल व्यवसायको सुधारका लागि नाडाले प्रधानमन्त्री कार्कीलाई बुझायो २२ बुँदे सुझाव

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालको वर्तमान जटील अवस्थाका सम्बन्धमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेको छ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले प्रधानमन्त्री शुशिला कार्कीसँग भेटगरी देशको बर्तमान जटील अवस्था र त्यसले अटोमोवाइल व्यवसायमा परेका प्रभावहरुका सम्बन्धमा छलफल गरेको हो ।

अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा जलश्रोत, तथा सिंचाइमन्त्री कुलमान घिसिङ्ग, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव एकनारायण अर्याल समेतको उपस्थिति रहेको सो छलफलमा अध्यक्ष चौधरीले नाडा ७ वटा प्रदेशहरुसहित सबै किसिमका अटोमोवाइल वस्तुहरुको प्रतिनिधित्व गर्ने ४९ बर्ष पुरानो संस्था भएको जानकारी दिँदै नाडाका सम्बन्धमा सरकारलाई आवश्यक जानकारी समेत दिन नसकेको दुखेसो पोखे । यसै क्रममा अध्यक्ष चौधरीले सरकारले नाडाले दिएका सुझावहरु मध्ये दुई तिनवटा सुझावहरुलाई मात्र सम्बोधन गरेमा अटोमोवाइल व्यवसाय गतिशिल हुने बताए ।

अध्यक्ष चौधरीले आम व्यवसायीहरुको शुरक्षा र देशको शान्ति र अमन चयन सवैभन्दा महत्वपूर्ण विषय भएको बताउँदै व्यवसायीहरुको उत्थानका लागि सरकारले रोड म्याप समेत तयार गर्नु पर्ने धारणा राखे । सो छलफलमा अध्यक्ष चौधरीले नाडा सरकारसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताए ।

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरुमा सुधारका लागि आग्रह गर्दै नाडाको तर्फबाट २२ बुँदे सुझावहरु पेश गरे । छलफलमा खाशगरी पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुलाई बैकहरुबाट हायर पर्जेज लोन प्रवाह गर्ने प्रकियामा लोन टू भ्यालु रेसियोमा हाल ६० प्रतिशतको सिमालाई बढाएर ८० प्रतिशत पु¥याउनु पर्ने भन्दै नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ को कार्यान्वयनबाट परेको असरहरुका सम्बन्धमा नाडाको तर्फबाट वन तथा वातावरण मन्त्रालयमा पेश गरिएको सुझावहरुको कार्यान्वयनका लागि समेत अनुरोध गरे । सोही छलफलको क्रममा अध्यक्ष चौधरीले सरकारले हालै गठन गरेको उद्योग प्रवद्र्धन परिषदमा नाडाको समेत प्रतिनिधित्व हुने व्यवस्थाका लागि समेत आग्रह गरे ।

छलफलकाक्रममा प्रधानमन्त्री कार्कीले व्यवसायीहरुले राखेका सुझावहरुलाई मनन गर्दै आन्दोलनको कारणबाट व्यवसायमा पर्न गएको क्षतिप्रति सरकार गम्भिर रहेको बताइन् । यसै क्रममा उनले आफू कानून व्यवसायी भएकोले नेपालको उद्योग व्यवसायका समस्याहरुका सम्बन्धमा कम जानकार भएको बताउँदै नेपालको हरेक आन्दोलनबाट व्यवसायीहरु नै प्रताडित हुनु परेको र नेपालमा व्यवसाय गर्नु जुवा खेल्नु सरह भएको बताइन् ।

छलफलमा उनले जस्तोसुकै विपद आईलागे पनि हामीहरु अठौतका साथ अघि बढनु पर्ने आश्वासन दिँदै विधिको शासनलाई सबैले पालन गर्नु पर्ने र सरकार सदैव व्यवसायीहरुको साथमा रहने बताइन् । व्यवसायीहरुले समेत सरकारलाई सहयोग गर्न तयार रहेको कुरा सुन्दा आफूलाई गौरवको अनुभुति भईरहेको छ भन्दै नेपालको बैकिङ्ग प्रणालीलाई व्यवसायमैत्री बनाइने आश्वासन समेत दिइन् ।

यसै क्रममा उनले व्यवसायीहरुसँग धेरै अनुभव हुन्छ भन्दै सरकारले मात्र रोजगार दिन नसक्ने, निजी उत्पादनलाई सरकारले उच्च प्राथमिकता दिने, व्याजदरमा सहुलियत दिने, देशलाई आत्मनिर्भर बनाउन देशका उद्योगहरुलाई उच्च प्राथमिकता दिइने, भन्सार शुल्क कम गरिने आश्वासन दिइन् । सोही छलफलको क्रममा उनले वर्तमान सरकारले निर्वाचन र सुशासनलाई पहिलो प्राथमिकतामा राखिएको बताइन् ।

छलफल कार्यक्रममा नाडाका सचिव विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्यद्धय कपिल शिवाकोटी, मेघराज पौडेल र निशान ढकाल समेतकोे उपस्थिति रहेको थियो ।

Health Tips Ad Road Block