काठमाडौं । पुण्योदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीको कार्यालयमा भएको साधारण सभामा सहकारीका अध्यक्ष सानुकाजी खड्गीले अन्य सहकारीहरु बदनाम भइरहेको अवस्थामा पुण्योदय सहकारीले भने उत्पादनशिल क्षेत्रमा गतिबिधि अगाडि बढाएकाे जानकारी दिएका छन्। उनले अहिलेको अवस्थामा सहकारी बदनाम हुनुमा केही सहकारीका संचालकहरुको बदमासी मुख्य कारण रहेको उनले बताए । केही सहकारीको बदमासीका कारण सम्पूर्ण सहकारीलाई हेर्ने दृष्टिकोण नै फरक बन्दै गएको भन्दै उनले सबैभन्दा पहिले सहकारीका सञ्चालकहरु असल हुनुपर्ने बताए ।
खड्गीले आफू नेतृत्वको पुण्योदय सहकारीमा आजका दिनसम्म कुनै समस्या नभएको र सहकारीमा पैसा धेरै हुँदा पैसा लगानी गर्ने ठाउँसम्म नपाएको सो अवसरमा जानकारी दिए । उनले सहकारीले अहिले सदस्यहरुको आम्दानी बढाउनको लागि कपडाको झोला उत्पादनमा लगानी गरेको जानकारी दिए । अध्यक्ष खड्गीले सदस्यहरुले बचत रकमको आधारमा कर्जा माग गर्दा कुल बचत रकमको तीन गुणा (१ लाख रुपैयाँ) विना धितो प्रदान गर्दै आएकोमा अहिले व्यवसायिक रुपमा काम गर्दै आएका वा गर्न खोज्ने व्यक्तिलाई ३ लाख रुपैयाँसम्म ऋण प्रदान गर्ने निर्णय भएको सो अवसरमा जानकारी दिए ।
संस्थाले आव २०८१/०८२ को अन्त्यसम्ममा गत वर्षको तुलनामा करिब १३ दशमलव ३६ प्रतिशतमा वृद्धि गरी कुल कारोबार १९ करोड ६७ लाख १२ हजार ७४ रुपैयाँ ६० पैसा पुर्याएकाे छ । गत वर्ष २७ लाख ६३ हजार २ सय ८२ रुपैयाँ ४१ पैसा खुद नाफा गरेको संस्थाले यो वर्ष २० लाख ९५ हजार ४ हजार ६२ रुपैयाँ ५३ पैसा खुद नाफा गरेको प्रतिवेदनमा उल्लेख छ ।
नवौं साधारण सभाले संस्थामा पुरानै कार्य समितिलाई निरन्तरता दिने निर्णय सर्वसम्मतरुपले पारित गरेकाे जानकारी दिइएकाे छ ।






















