काठमाडौं । सारथी ब्राण्डका इलेक्ट्रिक स्कुटरमा कम्पनीले दशैं अफर चलाएको छ । जस अन्तर्गत नगदमा खरिद गर्ने ग्राहकका लागि रु. २५ हजारसम्मको छुट दिइनेछ ।
कम्पनीले दिएको जानकारी अनुसार आउँदै गरेको वडा दशैं, तिहार तथा छठपर्वको उपलक्ष्यमा यो अफर संचालन गरिएको हो ।
यस अफर अन्तरगत नगद छुटका साथै एउटा हेलमेट, रेनकोट तथा चालु आर्थिक वर्षको कर समेत कम्पनीले नै तिरिदिनेछ । सधैं झैं ६ वटा फ्रि सर्भिस तथा २ वर्षको वारेन्टी भने यथावत नै रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले सारथी ब्राण्ड अन्तर्गत २ वटा मोडेलमा यो अफर संचालन गरेको हो । इकुटर इ ३ र विँगर मोडेलमा यो अफर पाउन सकिन्छ ।
यी दुवै स्कुटरमा ७२ भोल्ट ३८ एएच क्षमताका ग्राफिन बेट्रि प्रयोग गरिएको हुँदा यसबाट स्ट्याण्डर्ड राइडिङ्गमा अधिकतम १२० किलोमिटरसम्मको रेन्ज पाउन सकिन्छ । यसमा कम्पनीले लिथियम आयोन बेट्रिमा पनि उपलब्ध गराउँछ ।
इकुटर इ ३ मा ३००० वाट र विँगरमा ३९०० वाटको पिक पावर भएको मोटर प्रयोग गरिएको हुँदा काठमाडौं वरपरका उकालो बाटोहरुमा पनि सजिलै चलाउन सकिन्छ ।
इकुटर इ ३ को अहिले अफर डिस्काउन्ट गर्दा रु. १ लाख ९१ हजार र विँगरको अफर डिस्काउन्ट गर्दा रु. १ लाख ८४ हजार मूल्य पर्न जान्छ ।
यी स्कुटरहरुलाई नेपाली बजारमा जीरो इमिसन राइड एनले बिक्री वितरण गरिरहेको छ । नेपालमा विगत ६ वर्षदेखि यो कम्पनीले लुयान ब्राण्डको इलेक्ट्रिक स्कुटर पनि बिक्री वितरण गरिरहेको छ ।






















