काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ ।
तोलामा ९ सय रुपैयाँले मूल्य घटेर सुन प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी प्रतितोला २५२० रुपैयाँ रहेको छ । चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको हो ।






















