Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

साउन महिनामा भित्रियो १ खर्ब ७७ अर्ब रेमिट्यान्स

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले वृद्धि भई रु.१७७ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई रु.१३६ अर्ब ६० करोड रहेको थियो ।

नेपाल राष्ट्र बैंकले दिएकाे जानकारीअनुसार समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.० प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु. १९३ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.१४८ अर्ब ८ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४४,४६६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २३,६४४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३६,९२८ र २२,६४७ रहेको थियो ।

Health Tips Ad Road Block