skip this News Page Tips Ad Road Block

डण्डुराज घिमिरे सचिवमा बढुवा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । वरिष्ठ सहसचिव डण्डुराज घिमिरे सचिवमा बढुवा भएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले वरिष्ठ सहसचिव डण्डुराज घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

सचिव बढुवा सिफारिस समितिको सिफारिसमा पहिलो नम्बरमा परेका घिमिरेलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सचिव पदमा नियुक्त गरिएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव भरतमणि सुवेदीले राजीनामा दिएपछि रिक्त बनेको पदमा ज्येष्ठताको आधारमा पहिलो नम्बरमा सिफारिस भएका घिमिरे सचिव भएका हुन् ।

समितिले तयार पारेको सूचीमा शिक्षा सेवाका कृष्ण काप्री दोस्रो र वैकुण्ठ अर्याल तेस्रो नम्बरमा परेका थिए ।

Health Tips Ad Road Block