काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आज भदौ ३० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गरेको हो । यस आईपीओमा न्यूनत्तम १० कित्ता र अधिकत्तम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यो आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ । यदि त्यो अवधिमा पनि पर्याप्त आवेदन नपरेमा असोज १३ गतेसम्म समय लम्बिनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।






















