Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

मुलुक छिट्टै स्थायित्वतर्फ अघि बढ्नेछः नाडा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले देशको वर्तमान अवस्थाका सम्बन्धमा धारणा सार्वजनिक गर्दै मुलुक छिट्टै स्थायित्वतर्फ अघि बढ्ने आशा व्यक्त गरेको छ । एक प्रस विज्ञप्ति जारी गर्दै नाडाले हालै देशव्यापी रुपमा भएको आन्दोलन तथा प्रदर्शनले मुलुकमा गहिरो प्रभाव पारेको जनाएको छ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल यस घटनाबाट प्रभावित सम्पूर्ण परिवारसँग गहिरो समवेदना प्रकट गर्दै जीवन गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण घाइते भएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

नाडाले भनेको छ, ‘नेपालको अटोमोबाइल क्षेत्र देशको उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला हो । तर हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेका छन् । कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षाप्रति समेत चिन्ता बढेको छ । देशको बर्तमान अवस्थाले उपभोक्ता विश्वासमा नकारात्मक असर र्पुयाएको छ र दीर्घकालीन रुपमा लगानी र रोजगारीमा पनि चुनौती थपिएको छ । शान्तिपूर्ण सम्वाद र सहमतिको बाटोबाट हरेक जटिल र कठीन समस्याहरुको समाधान खोज्न सकिन्छ भन्ने हाम्रो गहिरो विश्वास रहेको छ । साथै, सम्पूर्ण व्यवसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न सरकारलाई अनुरोध गर्दै अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग र सहजीकरण गर्न पनि सरकारलाई आह्वान गर्दछौ ।’

नाडाले आफ्नो सदस्य कम्पनीहरूको हित, उपभोक्ताको विश्वास र देशको समग्र अटोमोबाइल उद्योगलाई सुरक्षित राख्न निरन्तर खटिने प्रतिवद्धता व्यक्त गरेको छ । उुले भनेको छ, ‘हामी विश्वास गर्दछौं कि एकताबद्ध प्रयास, जिम्मेवार नेतृत्व र सकारात्मक सम्वादमार्फत मुलुक छिट्टै स्थायित्वतर्फ अघि बढ्नेछ भन्ने विश्वास समेत लिएका छौ । नेपालको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री पाएको छ । अब छिटै मन्त्रिपरिषद समेत गठन हुने र यस सरकारले आउदो ६ महिनाभित्र आम निर्वाचन समेत सम्पन्न गर्ने जिम्मेवारी लिएको सन्दर्भमा आम नेपाली जनताको भावना र मर्मलाई आत्मसात गर्न यो सरकार सफल हुनेछ भन्ने कुरामा शुभकामना समेत व्यक्त गर्दछांै ।’

Health Tips Ad Road Block