Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

जेनजीको प्रदर्शनमा भएको घटनाप्रति सीएनआई दुखित, हिंसाको कडा शब्दमा निन्दा, संयमता अपनाउन अपिल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) जेनजीको प्रदर्शनका क्रममा युवाहरूको ज्यान गएकोप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गरेकाे छ । सीएनआईले निर्दोषहरूको ज्यान जाने कुनै पनि प्रकारको हिंसाको कडा शब्दमा निन्दा समेत गर्दछ भनेकाे छ। साथै याे घटना र भएको मानवीय क्षतिप्रति गहिरो समवेदना प्रकट गर्दै घाईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेकाे छ ।

सीएनआईले भनेकाे छ,  ‘हाम्रो भविष्य नेपालका युवाहरूको ऊर्जा, रचनात्मकता र आकाङ्क्षामा निर्भर छ, हिंसाको माध्यमबाट ती आवाजलाई दबाईनु राष्ट्रकै लागि ठूलो क्षति हो । नेपालको उत्पादन तथा सेवा मुलक उद्योगहरूको प्रतिनिधिमुलक संस्था परिसंघ संयमता अपनाउन सबै सराेकारवालाहरूलाई अपिल समेत गर्दछ । साथै शान्ति, सुरक्षा र रचनात्मक संलग्नतालाई प्राथमिकता दिन आग्रह गर्दछ ।’

नेपालको समृद्धिको मार्गमा द्वन्द भन्दा संवाद, विभाजनभन्दा समझदारी र सबैभन्दा माथि नागरिकको सुरक्षा हुनुपर्छ भन्नेमा परिसंघ स्पष्ट रहेकाे बताएकाे छ । परिसंघले  लोकतान्त्रिक अभिव्यक्तिलाई सुरक्षित राख्ने र त्यसका साथै कानुन, व्यवस्था र मानव जीवनको पवित्रता सुनिश्चित गर्ने पहलको समर्थन गर्दै आईरहेको समेत स्पष्ट गरेकाे छ ।

Health Tips Ad Road Block