Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सामाजिक सञ्जाल चलाउने नाममा जोखिमपूर्ण भिपिएन प्रयोग नगर्न सरकारको आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल चलाउन भर्चुअल प्राइभेट नेटवर्क (भिपीएन) प्रयोग नगर्न तथा नगराउन आग्रह गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल तथा इन्टरनेट सेवा प्रदायकमार्फत सामाजिक सञ्जालको पहुँच निषेध भइसकेको उल्लेख गर्दै मन्त्रालयले त्यस्ता पहुँच प्राप्त गर्न असुरक्षित, अनाधिकृत एवम् जोखिमयुक्त भिपीएन प्रयोग नगर्न तथा नगराउन भनेको हो ।

सञ्चार मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्र कुमार ठाकुरले विज्ञप्ति सार्वजनिक गर्दै नेपालमा सञ्चालनमा रही हालसम्म सूचीकरण नभएका सबै सामाजिक सञ्जाल प्लेटफर्मले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम सम्पर्कमा आउन पुनः आग्रह गरिएको बताएका छन् । नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियम परिपालनाको निगरानी गर्ने अधिकारी तोकी सूचीकरण हुन सम्बद्ध सबै सरोकारवालामा पुनः आग्रह गरिएको उनको भनाइ छ ।

Health Tips Ad Road Block