काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुदेश खालिङ पुनः दोहोरिएका छन् । आइतबारको बैंक सञ्चालक समिति बैठकले खालिङलाई आगामी ४ वर्षका लागि दोहोर्याउने निर्णय गरेको हो ।
पञ्जाव नेसनल बैंक, भारतको संयुक्त लगानीमा सञ्चालित एभरेष्ट बैंकमा यसअघि भारतीय नागरिकहरू नै सीईओ नियुक्त हुने गरेकाे भएपनि खालिङ भने पहिलो नेपाली सीईओ र दोस्रो कार्यकालका नियुक्त भएका हुन् ।
उनको नेतृत्वमा एभरेष्ट बैंकले उल्लेख्य प्रगति हासिल गरिरहेको छ ।





















