Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एनएमएका अध्यक्ष शेर्पाले पदभार ग्रहण गर्दै भने–आरोही कल्याणकारी कोषलाई अगाडि बढाउँछु र उद्धार एवं राहतलाई प्रभावकारी बनाउँछु

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल पर्वतारोहण संघका नवनिर्वाचित कार्यसमितिले ओपचारिकरुपमा पदभार ग्रहण गरेको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच नवनिर्वाचत अध्यक्ष फुर गेल्जे शेर्पासहितको समूहले पदभार ग्रहण गरेको हो ।

पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष शेर्पाले सबैभन्दा सुरुमा आरोही कल्याणकारी कोषलाई अगाडि बढाउने र आरोहीको उद्धार एवं राहतको कामलाई प्रभावकारी बनाउन आवश्यक संयन्त्र व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् । उनले सबै समूहका साथीहरुसँग मिलेर निर्वाचका बेला गरेका प्रतिबद्धता पुरा गर्न लागिपर्ने स्पष्ट पारे । नेपाललाई पर्वतीय पर्यटनलाई एउटा उचाईमा पुर्याउन आफूले कार्य गरिरहने उनको भनाइ छ ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य याङकिला शेर्पाले नेपालको पर्वतीय पर्यटन प्रवद्र्धनमा एनएमएको भूमिका महत्वपूर्ण रहेको भन्दै नवनिर्वाचित टिमलाई सोहीअनुसार काम गर्न शुभकामना दिईन् । त्यस्तै पर्यटन विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मीले पर्वतीय पर्यटनको नीतिगत सुधारका लागि सरकारले काम गर्ने आश्वासन दिए ।

पर्यटन व्यवसायी शेर्पाको नेतृत्वमा यही भदौ ७ गते एनएमएको नयाँ कार्यसमितिका लागि निर्वाचन भएको थियो ।

संघको नवनिर्वाचित अध्यक्षमा निमानुरु शेर्पा रहेका छन् । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा इश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्धितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिवमा राजेन्द्र बहादुर लामा, सचिवमा चन्दन थापा, कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामा(बराबर मत) प्राप्त गरी निर्वाचित भएका छन् । कोषाध्यक्षको मत बराबरी भएकाले आधा–आधा कार्यकालका लागि कार्य गर्ने सहमति भएको छ ।

सदस्यहरुमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डंगोल, दिकी शेर्पा, निशा भोटे निर्वाचित भएका छन् ।

Health Tips Ad Road Block