Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

ह्याम ब्रान्डको मिनी रोलर एचडी १२ भीभी नेपाली बजारमा लन्च

Citizenlife ad 2082 falgun to baishak 2083

ललितपुर । ह्याम ब्रान्डको मिनी रोलर एचडी १२ भीभी नेपाली बजारमा लन्च गरिएको छ। विटगन ग्रुपबाट उत्पादित विभिन्न प्रकारका निर्माण उपकरण औजारहरुको नेपालभरको लागि आधिकारिक बिक्रेता प्राइम एसोसियट्स प्रालिले एक कार्यक्रम गरी उक्त जानकारी दिएको हो ।

ह्याम ब्रान्ड सडक निर्माणको क्रममा प्रयोग हुने रोलर र स्वाइल कम्प्याक्टरको विशेषज्ञ नै मानिन्छ। विभिन्न भेरिएन्टमा उपलब्ध हुने सो मिनी रोलरमा दुई भाइब्रेटिङ रोलर ड्रम उपलब्ध रहेको एसोसियट्सका कार्यकारी निर्देशक दिपक आचार्यले जानकारी दिए। सो रोलरमा बेस्ट इन क्लास पावर र इको फ्रेन्ड्ली इन्जिन टेक्नोलोजी छ। वजनलाई चारैतिर बराबर फैलाउन र अनसेन्टर फिल गराउनका लागि थ्रीपोइन्ट आर्टिक्युलेसन उपलब्ध छ । इर्गोनोमिक ड्राइभर प्लेटफर्म, मेसिन र कन्स्ट्रक्सन साइटको उत्कृष्ट भ्यु तथा इन्टेलिजेन्ट वाटर स्प्रिडक्लर सिस्टम जस्ता विशेषता यसमा रहेका छन् ।

नेपालमा विटगनका उत्पादनहरु धेरै निर्माण कार्यमा सफलतापूर्वक प्रयोग भइरहेका छन् । देशभर यसको सर्भिस नेटवर्क उपलब्ध रहेको कम्पनीले जनाएको छ। दक्ष प्राविधिकमार्फत बिक्री पछिको सेवा तथा आवश्यक स्पेयर पार्टस समेत उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

प्राइम एसोसियट्स प्रालिबारे

यो कम्पनी विटगन ग्रुपबाट उत्पादित विभिन्न प्रकारका निर्माण उपकरण औजारहरुको नेपालभरको लागि आधिकारिक बिक्रेता हो । प्राइम एसोसिएट्‌सले विगत १८ वर्ष देखि नेपाली बजारमा अटोमोबाइल र कन्स्ट्रक्सन इक्विपमेन्ट सम्बन्धी कारोवार गर्दै आएको छ । यस अनुसार सडक विस्तारका लागि आवश्यक अस्फाल्ट प्लान्ट, पेभर्स, बुमर, स्टोन क्रमर लगायतको कारोबार गर्दै आएको प्राइम एसोसिएट्सले कंक्रिटिङका लागि चाहिने सेल्स लोडिङ, मिक्सचर समेत उपलब्ध गराइरहेको जनाएको छ । विगत लामो समयदेखि अटोमोबाइल, रोड, बिल्डिङ र ब्रिज कन्स्ट्रक्सन इक्विपमेन्टको निरन्तर बिक्री वितरण गर्दै आएको प्राइम एसोसिए‌ट्‌सले विश्वका अत्याधुनिक प्रविधि प्रयोग गरी उत्पादन हुने जोन डियरे ग्रुप अन्तर्गत विटगन ग्रुपका निर्माणसम्बन्धी अत्याधुनिक उपकरण तथा औजारहरुको नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त भई विक्री बितरण गरिरहेको छ । हाल विश्वका विभिन्न देशमा विटगन कम्पनीका उत्कृष्ट तथा विश्वसनीय उत्पादन सडक निर्माण तथा पुनस्र्थापना कार्यका लागि बिक्रीवितरण भइरहेका छन्। विटगन ग्रुपबाट उत्पादित विटगन, भोग्ले, ह्याम र क्लिम्यान लगायतका विभिन्न ब्रान्डका उपकरणहरू नेपालका सड़क तथा विभिन्न परियोजना लगायत सम्पूर्ण आधारभूत संरचना निर्माणका लागि गुणस्तरयुक्त मेसिन औजार भएको कम्पनीले जनाएको छ ।

विटगन ग्रुपबारे

१०० वर्ष भन्दा लामो इतिहास भएको विटगन ग्रुप सन् १९९५ मा भारतको पुनेमा स्थापित एक अन्तर्राष्ट्रिय रुपमा सक्रिय बहुराष्ट्रिय निर्माण उपकरण निर्माता कम्पनी हो। यो समूह सडक निर्माण उद्योगमा गुणस्तरीय र नवीनतम प्रविधिको मेसिनरी प्रदान गर्ने एक महत्वपूर्ण र भरपर्दो साझेदारका रुपमा परिचित छ ।

यता नेपालको सडक निर्माणमा विश्वसनियता प्राप्त गरेका ह्यामका डबल ड्रम रोलर र स्वायल कम्प्याक्टर, भोग्लेका सडक पेभिङ गर्ने मेसिनका साथै विटगन ब्रान्डको मिलिङ मेसिन र सर्फेस माइनर जस्ता उपकरण उपलब्ध छन् । क्लिम्यानका उत्पादनहरु ढुंगा क्रसिङ गर्न तथा खानी संचालन गर्न, खानीमा खनिएका ढुंगा तथा खनिजहरुलाई सानो बनाउन प्रयोग गरिन्छ ।

 

Health Tips Ad Road Block