काठमाडौं । एभरेष्ट बैंकले शेयरधनीलाई वितरण गर्ने आकर्षक लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षसम्मको शेयरधनीलाई मुनाफाबाट २० प्रतिशतको आकर्षक लाभांश दिने भएको हो । त्यसमा १४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर रहेको छ ।
बैंकको ३८७ औँ सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् र आगामी साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।






















