Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एनएमबि बैंकद्वारा श्री अमर जैन विद्यालयमा स्कुल ब्याग र व्याटर डिस्पेन्सर हस्तान्तरण

Citizenlife ad 2082 falgun to baishak 2083

लालबन्दी, ससर्लाही । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सर्लाहीको लालबन्दी-५ मा अवस्थित श्री अमर जैन विद्यालमा आयोजना गरिएको एक कार्यक्रमबीच विद्यार्थीहरुलाई स्कुल व्याग र व्वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ। बैंकले शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको शैक्षिक उन्नयनलाई सहयोग पुऱ्याउने आफ्नो प्रतिवद्धता अनुरूप यो कार्यक्रम आयोजना गरेको हो ।

बैंकले शिक्षालाई दिगो विकासको आधारांशला मान्दै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाको पहुँच पुर्याउन सहयोग गर्ने लक्ष्य राखेको छ। यस पहलले विद्यालयको शैक्षिक वातावरणलाई अझ सुदृद्ध बनाउनुका साथै विद्यार्थीहरूलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा लालवन्दी वडा नं. ५ का वडाध्यक्ष राम प्रसाद ढुंगेलको प्रमुख आतिथ्य रहेको थियो। उनले एनएमबि बैंकको यस पहलको प्रशंसा गर्दै यस्ता कार्यहरूले समाजमा सकारात्मक प्रभाव पार्ने बताए। त्यस्तै एनएमबि बैंकका तर्फबाट मधेश प्रदेश प्रमुख दीपेन्द्र कुमार मिश्र र लालबन्दी शाखाका प्रबन्धक अरुण आचार्यको विशेष उपस्थिति रहेको थियो। उनीहरूले बैंकले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सबै सहभागीहरूले बैंकको यस उदाहरणीय कार्यको सराहना गरेका थिए। एनएमबि बैंकले भविष्यमा पनि समाज र राष्ट्रको हितका लागि यस्तै रचनात्मक र सामाजिक रूपमा जिम्मेवार कार्यक्रमहरू सञ्चालन गर्ने वाचा गरेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरू, १८० एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

Health Tips Ad Road Block