Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

होटल व्यवसायलाई उत्पादनमूलक उद्योगसरह सुविधा दिन सरकार लागि परेको छ: मन्त्री खड्का

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले होटल व्यवसाय पर्यटनसँग प्रत्यक्षरूपमा जोडिएको संवेदनशील क्षेत्र भएकाले यसलाई उत्पादनमुखी उद्योगको श्रेणीमा राखेर सुविधा दिने विषयमा सरकार लागि परेको बताएका छन् । मंगलबार जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालसहितको टोलीले दिएको ध्यानाकर्षण पत्र बुझ्दै ऊर्जामन्त्री खड्काले पर्यटन र होटल व्यवसाय देशको अर्थतन्त्रलाई टेवा दिने क्षेत्र भएकोले यसको प्रतिस्पर्धात्मक क्षमता बढाउनका लागि उत्पादनमूलक उद्योग सरह आवश्यक सहुलियत दिनेबारे सरकार सकारात्मक रहेको बताए ।

संघले बुझाएको ज्ञापनपत्रमा होटल व्यवसाय निरन्तर घाटामा परिरहेको, सञ्चालन खर्च धान्न कठिन भइरहेको र बिजुली महशुल उत्पादनमुखी उद्योग सरह छुटको व्यवस्था तत्काल आवश्यक रहेको उल्लेख गरिएको छ। संघका पदाधिकारीले पर्यटन क्षेत्रलाई राजश्व आर्जन गर्ने मात्र नभई विदेशी मुद्रा भित्र्याउने, रोजगारी सिर्जना गर्ने र नेपाल चिनाउने माध्यमका रूपमा समेत योगदान पुर्याएको बताउँदै होटललाई विशेष सुविधा दिनुपर्ने माग गरेका थिए।

सरकारले सन् २०८२/८३ को बजेटमा होटल र रेस्टुरेन्टलाई उत्पादनमुखी उद्योगसरह मान्यता दिँदै विद्युत् महशुलमा छुटको व्यवस्था गर्ने घोषणा गरे पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको संघको गुनासो छ। संघका पदाधिकारीले बजेट कार्यान्वयनमा ढिलासुस्तीका कारण व्यवसाय थप संकटमा परेको भन्दै तत्काल निर्णय गर्न आग्रह गरेका छन्।

संघका अध्यक्ष सुरेश बरालले हालको आर्थिक मन्दी र निराशाजनक व्यवसायिक अवस्थाबीच होटल व्यवसायीलाई विजुली महशुल छुटले ठूलो राहत दिने विश्वास व्यक्त गरेका थिए । उपाध्यक्ष कुमार श्रेष्ठ, उपमहासचिव शिवलाल गिरी, सचिवालय सदस्य खेमराज उप्रेती, होटल तथा पर्यटन व्यवसायी बागमती प्रदेशका सचिवालय सदस्य सन्जिव श्रेष्ठ लगायतको संयुक्त टोलीले मन्त्री खड्कालाई भेटगरी ध्यानाकर्षण गराएका हुन् ।

Health Tips Ad Road Block