Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

वर्षाका कारण गजुरी गाउँपालिकाको सुन्दर आधारभुत विद्यालय आसपास जोखिम, पालिकाद्धारा सुरक्षा व्यवस्थापनको प्रतिबद्धता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । धादिङको गजुरी गाउँपालिका वडा नं.१ सुन्दर आधारभूत विद्यालय परिसरमा रहेको पर्खाल केही दिनको लगातार वर्षातका कारण भासिएर पर्खालको संरचना भत्किएको छ । सो पर्खालको कारण विद्यालय आसपासमा रहेका घरपरिवारलाई उच्च जोखिममा पारेको छ ।

विद्यालय आसपास जोखिम बढेको खबर प्राप्त भएपश्चात् गजुरी गाउँपालिकाका अध्यक्ष गणेश लाल श्रेष्ठ, वडा नम्बर १ का अध्यक्ष तारानाथ भण्डारी, गजुरी गाउँपालिका प्रहरीको टोलीसहित घटनास्थलमा पुगेर जोखिम न्यूनीकरणका लागि तत्काल त्रिपाल उपलब्ध गराई अस्थायी सुरक्षा व्यवस्थापन गरेको अध्यक्ष श्रेष्ठको सचिवालयले जनाएको छ ।

यस विषयलाई पालिकाले गम्भीरतापूर्वक लिएको र संरचना निर्माण कार्यको लागि समेत दृढ रहेको जनाएको छ ।

Health Tips Ad Road Block