काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडबाट उत्पादित २२ मेगावाट बिजुली उत्पादन सुचारु भइ राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनाले विधुत सुचारु भएको एक प्रेस विज्ञप्तिमार्फत जनाएको हो ।
२०८१ साल असोज ११ गतेदेखि परेको अविरल वर्षाको कारण बागमती खोलामा आएको भिषण बाढी तथा पहिरोले बागमती साना जलविधुत आयोजना (२२ मेगावाट)को क्षति भएर आयोजनाको प्लान्ट अवरुद्ध भई आयोजनाको विधुत उत्पादन अवरुद्ध भएको थियो ।
त्यसपछि आयोजनाको पुनः निर्माण कार्य सम्पन्न गरी कम्पनीको २ वटा युनिटमध्ये गत साउन १९ मा एउटा युनिट र भदौ १२ गतेदेखि अर्को युनिटबाट विद्युत उत्पादन सुचारु भई नेपाल विधुत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जडान भएको आयोजनाले जनाएको छ ।






















