Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

दशैं तिहारका लागि इनड्राइभ नेपालको “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन: चालकहरुलाई सुनौलो अवसर

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा दशैं तिहारका लागि“प्लेटिनम ड्राइभर्स गिभअवे”क्याम्पेन सुरुवात गरेको छ । अघिल्लो संस्करणबाट उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रिया पछि, यस पटक अभियानलाई अझ बढी परिस्कृत बनाउने वाचागर्दै प्लेटिनम ड्राइभर्स गिभअवे शुरुवात गरेको हो । इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई विशेषरुपमा सम्मान र पहिचानगर्न यो क्याम्पेन ल्याएको हो, जसमा ग्रान्ड प्राइजमा ब्रान्ड न्यू टाटा एक्सप्रेस ईभी कार, टिभीएस रेइडर मोटरसाइकल र प्रिमियमहाई–इण्ड ग्याजेटहरू रहेका छन् ।

क्याम्पेनको बारेमा

प्लेटिनम ड्राइभर्स गिभअवे दुई रोमाञ्चक चरणहरुमा आयोजना हुँदैछ ।

–(प्रतिच्यालेन्ज)ः भाद्र ९, २०८२ देखि भाद्र १५, २०८२ सम्म (अर्थात अगस्ट २५ देखि अगस्ट ३१, २०२५ सम्म) ।
–च्यालेन्ज थ्री विक्सः भाद्र १६ गतेदेखि असोज ५, २०८२ सम्म (अर्थात सेप्टेम्बर ०१ देखि सेम्टेम्बर २१, २०२५ सम्म) ।

जो चालकहरूले यी समयअवधिमा प्लेटिनम स्ट्याटस कायम गर्छन । तिनीहरु विक्ली प्राइजका लागि योग्य हुनेछन् । जो चालकहरुले सबै चरणहरुमा प्लेटिनम स्ट्याटस कायम गर्छन तिनिहरु ग्राण्ड प्राइजका लागि योग्य हुनेछन् । ड्राइभर्सले जतिधेरै राइड पुरा गर्नेछन् त्यतिनै धेरै पुरस्कार जित्ने संभावना बढ्नेछ ।

पुरस्कारहरूः

–टाटा एक्सप्रेस–टी इभी (क्याब ड्राइभर ग्रान्ड प्राइज)
–टीभीएस रेइडर मोटरसाइकल (बाइक राइडर ग्रान्ड प्राइज)
–स्मार्टफोनहरु, स्मार्टवाचहरु, र इयरबड्स साप्ताहिक विजेताहरुका लागि

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेशन म्यानेजर सुनिता जीमी राईले क्याम्पेन प्रतिआफ्नो उत्साह व्यक्त गर्दै भनिन्,“प्रतिज्ञा गरेअनुसार, हामी ठूलो र राम्रो अभियान लिएर फर्किएका छौं । हाम्रा चालकहरू इनड्राइभ परिवारको केन्द्रमा रहेका छन् र हामीउनीहरूको समर्पण र कडा परिश्रमलाई सम्मान गर्ने मौका कहिल्यै गुमाउँदैनौं, त्यसैले हामी तपाईंलाई दशैं र तिहारको अवसर पारेर मेगा गिभ अवे ल्याउन पाउँदा उत्साहित छौं । अविश्वसनीय मेगा गिफ्ट ह्याम्परहरू जित्ने मौकाको लागि अहिले नै राइड सुरु गर्नुहोस् । आउनुहोस्, यो चाडवाडको मौसमलाई सँगसँगै मिलेर अझ उत्सवमय बनाऔं ।”

Health Tips Ad Road Block