Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एमक्यूबद्वारा बीवाइडीसँगको सहकार्यमा “काठमाडौँ क्रोनिकल्स”को घोषणा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ, नेपाल । नेपालको सौन्दर्य, इतिहास र संस्कृतिलाई उजागर गर्ने उद्देश्यसहित सुरु गरिएको काठमाडौँ क्रोनिकल्स एक नयाँ अनि रमाइलो अनुभव हो। एमक्यूब नेपाल अन्तर्गत म्यारियट काठमाडौँद्वारा हरेक वर्ष आयोजना हुने रिट्रिटका रूपमा ल्याइिएको यो पहलले सहकार्य र सम्बन्धलाई सम्मेलन हलमा मात्र सीमित नराखी नेपालको जीवित सम्पदासम्म पुर्‍याउने प्रयास गरेको छ। यो कार्यक्रम म्यारियटका MICE (मीटिङ, इन्सेन्टिभ, कन्फरेन्स र एक्जिबिसन) पार्टनर र सरोकारवालाहरूका लागि विशेष रूपमा तयार पारिएको हो। यसले आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै काठमाडौँको सांस्कृतिक सम्पदालाई पर्यटकीय यात्रामार्फत चिनाउने लक्ष्य राखेको छ।

काठमाडौँ क्रोनिकल्सको मूल आकर्षण भनेको काठमाडौँ उपत्यकाका तीन प्रमुख सम्पदा स्थलहरू काठमाडौँ दरबार स्क्वायर, पाटन दरबार स्क्वायर र स्वयम्भूनाथमा आयोजना गरिने “ट्रेजर हन्ट” हो। सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गरी बीवाइडीका गाडीमार्फत यी स्थलहरूमा लगिनेछ, जहाँ उनीहरूले विभिन्न पजलहरू समाधान गर्ने, टास्कहरू पूरा गर्ने र ती स्थलका कथालाई जीवन्त तरिकाले अनुभव गर्ने अवसर पाउनेछन्। यसले नेपाललाई MICE (मीटिङ, इन्सेन्टिभ, कन्फरेन्स र एक्जिबिसन) गन्तव्यका रूपमा प्रस्तुत गर्दै यहाँका व्यवसायिक भेला र सम्मेलनहरूलाई अनौठा सांस्कृतिक अनुभवसँग संयोजन गर्न सकिने प्रमाणित गरेको छ।

ऐतिहासिक चौतारोदेखि प्राचीन मन्दिरसम्म, प्रत्येक स्थानहरू रमाइलो गर्न, ज्ञान साटासाट गर्न र टिम स्पिरिट जगाउन सहयोग हुने अनुभवहरूमा परिणत हुनेछन्। कार्यक्रम म्यारियट काठमाडौँबाट सुरु भएर फेयरफिल्ड बाइ म्यारियटमा गएर समापन हुनेछ, जहाँ विजेता टोलीलाई “काठमाडौँ एक्सपर्ट्स”को उपाधि समेत प्रदान गरिनेछ।

एमक्यूब र बीवाइडीबीचको यस सहकार्यले सहभागीहरूलाई केवल मीठा सम्झनाहरू मात्र नभई काठमाडौँलाई सम्पदा र अतिथ्यको सहरका रूपमा चिन्ने नयाँ दृष्टिकोण पनि प्रदान गर्नेछ।

 

 

 

Health Tips Ad Road Block