Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

राखेपको वार्षिकोत्सवमा खेलाडीसहित १८ विधामा पुरस्कृत गर्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२ औं वार्षिकोत्सवमा ५ खेलाडीसहित विभिन्न १८ विधामा सम्मान गरिने भएको छ । त्रिपुरेश्वरस्थित राखेपको कभहर्डहलमा भदौ १३ गते राखेपका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतित्यथामा हुने विशेष समारोहमा उनीहरुलाई सम्मान गरिने तय भएको छ ।

सिनियर÷जुनियरमा समान १–१ पुरुष÷महिला गरी ४ खेलाडी र १ पारा खेलाडीलाई नगदसहित सम्मान गरिने छ । सिनियरलाई समान १–१ लाख तथा जुनियर र पारा विधामा समान ५०–५० नगदसहित सम्मान गरिनेछ । खेलकुद पत्रकार पुरस्कार विधामा समान १–१ पुरुष÷महिलालाई समान २०–२० हजार नगदसहित सम्मानित हुने छन् ।

त्यस्तै प्रशासन र प्राविधिक (२ करारसहित) तर्फ समान ४–४ गरी ८ कर्मचारीलाई नगदसहित सम्मान गरिने छ । सर्वोत्कृष्ट २ लाई समान २५–२५ हजार, उत्कृष्ट २ लाई समान १५–१५ हजार तथा परिषद् सेवा पुरस्कार र करार सेवातर्फ समान २–२ लाई समान १०–१० हजार नगदसहित सम्मान गरिने छ ।

उत्कृष्ट खेल संघलाई १ लाखसहित सम्मान गरिने छ । उत्कृष्ट स्थानीय तह र उत्कृष्ट प्रायोजकलाई प्रशंसा पत्रबाट सम्मान गरिने छ ।

Health Tips Ad Road Block