Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नविन विकास र कार्यक्रमका लागि अनुसन्धानमूलक कार्यक्रमतर्फ जोड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नविन विकास र कार्यक्रमका लागि अनुसन्धानमूलक कार्यक्रमतर्फ पनि जोड दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको ईन्जिनियरीङ् शिक्षालाई विश्वस्तरीय बनाउनु पर्ने बताउँदै नविन विकास र कार्यक्रमका लागि अनुसन्धानमूलक कार्यक्रमतर्फ पनि जोड दिएका हुन् ।

ईन्जिनियरीङ् क्षेत्रको रुपान्तरणका बारेमा नेपाल ईन्जिनियरीङ् काउन्सिलले आयोजना गरेको दुई दिने कार्यशालाको समापन गर्दै उनले नेपाली ईन्जिनियरहरुको योग्यता र क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा सम्बोधन गराउन शुरु भएको एक्रिडिएसनको माध्यमबाट नेपाली ईन्जिनियरहरुलाई विश्व जगतमा स्थापित गराउन सकिने विश्वास व्यक्त गरे । नेपालमा नै अन्तर्राष्ट्रियस्तरको प्रतिष्पर्धी जनशक्ति उत्पादन गर्नु पर्ने र त्यसका लागि काउन्सिलको अगुवाइ फलदायी हुने मन्त्री दाहालले विश्वास ब्यक्त गरे ।

नेपाली ईन्जिनियरहरुको क्षमता विकास, शैक्षिक विकास तथा सुधार, अध्ययन–अनुसन्धानमा सहयोगका लागि सहयोग गर्न सरकार तयार रहेको उल्लेख समेत बताए । नेपालको पूर्वाधार विकासका क्षेत्रमा नेपालको इन्जिनियरीङ् क्षेत्रबाट उल्लेख्य सहयोग प्राप्त भई रहेको बताउँदै मन्त्री दाहालले नविन विकास र कार्यक्रमका लागि अनुसन्धानमूलक कार्यक्रमतर्फ पनि जोड दिएका हुन् ।

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले ईन्जिनियरीङ् शिक्षा प्रयोग र अभ्यासमा आधारीत हुने भन्दै यस क्षेत्रको विकास र स्तरोन्नतीका लागि सबै क्षेत्रबाट सहयोग उपलव्ध गराईने प्रतिवद्धता व्यक्त गरे । नतिजामा आधारीत शिक्षामार्फत ईन्जिनियरीङ् क्षेत्रको कसरी रुपान्तरण गर्न सकिन्छ भन्ने बारेमा दुई दिन सम्म विभिन्न विज्ञहरुसहित छलफल र अन्तरक्रिया भएको नेपाल ईन्जिनियरीङ् काउन्सिलका अध्यक्ष पदमबहादुर शाहीले जानकारी दिए ।

नेपालका विभिन्न विश्वविध्यालयका प्राध्यापक, विज्ञ लगायतको सहभागिता रहेको कार्यक्रममा श्रीलंकाका प्राध्यापक जेपि करुणा दाशाले समेत सहजीकरण गरेका थिए ।

Health Tips Ad Road Block